हङकङ : दुई बस ठोकिँदा डबल डेकरको अग्रभागमा ठूलो क्षति, ३ जना अस्पताल भर्ना

घाइतेलाई बेहोस अवस्थामा पुर्‍याइयो अस्पताल
हङकङ : दुई बस ठोकिँदा डबल डेकरको अग्रभागमा ठूलो क्षति, ३ जना अस्पताल भर्ना

घाइते तीन जनालाई बेहोस अवस्थामा अस्पताल पुर्‍याइएको थियो (द स्ट्यान्डर्ड)


नेपालखबर
फागुन १, २०८० मंगलबार १६:९, हङकङ

मंगलबार दिउँसो हङकङको चिङयि नर्थ कोस्टल रोडमा दुई वटा डबल डेकर बस ठोकिँदा तीन जना घाइते भएका छन्।

उनीहरूलाई बेहोस अवस्थामा अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ।

दुर्घटनामा एउटा बसको अगाडिको भागमा ठूलो क्षति पुगेको छ।

प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यममा उल्लेख भएअनुसार सुरुमा एउटा बस बिग्रिएर ‘स्लो लेन’तर्फ गई मर्मत गर्ने क्रममा पछाडिबाट आएको अर्को बसले ठक्कर दिएको थियो।

दुई बसको दुर्घटनामा अर्को एक गाडी पनि परेको छ। यसको पनि अग्रभागमा क्षति पुगेको छ।

पछाडिबाट आएर ठक्कर दिने बसको ब्रेक फेल भएको बुझिएको छ।

दुर्घटनामा घाइते हुनेहरूमा दुई यात्रु र एक जना चालक हुन्।

दुर्घटना मंगलबार दिउँसो साढे १ बजे हङकङ शिपयार्ड नजिकै एयरपोेर्ट जाने सडक खण्डमा भएको हो।

उनीहरूलाई पिन्सेस मार्गरेट अस्पताल पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .