विमानमा नेपाली यात्रु बेहाेस भएपछि हङकङमा आकस्मिक अवतरण

विमानमा नेपाली यात्रु बेहाेस भएपछि हङकङमा आकस्मिक अवतरण

मगेन्द्र राई
माघ २९, २०७६ बुधबार १५:१८,

हङकङ- काठमाडाैंको नियमित उडानको क्रममा आरए ४१० को उडानबाट काठमाडौंतर्फ उड्ने क्रममा एक नेपाली यात्रु अचानक बेहोस भए पछि हङकङ विमानस्थलमै पुन: अवतरण गराईएको छ।

हङकङको युनलोङमा बस्दै आएका नेपालकाे खोटाङ साकेलाका स्थायी बासिन्दा नेपाली राहदानी बाहक ४९ वर्षीय डिक प्रसाद राई मंगलबार हङकङ विमानास्थलबाट टेक अफ भएको १ घन्टा २० मिनेटमा अचानक बेहोस भएका नेपाल एयरलाईन्सका स्टेसन म्यानेजर सुमन कुमार बैद्यले नेपालखबरलाई बताए।

बैद्यले बने 'क्याप्टेनले जहाजका यात्री अचानक बेहोस भए पछि हङकङ मोडेर आपतकालीन अवतरण गराए, हामीले बिरामीको अध्यागमन क्लियरेन्स गरि एम्बुलेन्स बोलाएर नजिकैको लान्ताउ अस्पतालमा पठाईदियौँ।'

उक्त घटनालाई कोरोना भाईरसको प्रकोपसँग जोडेर विभिन्न किसिमका अनुमान गरिदैछ नि? भनी नेपालखबरले सोधेको प्रश्नमा बैद्यले भने, 'कोरोना भाइरस भएको कुनै जानकारी आएको छैन।'

 क्याप्टेनको भनाई अनुसार उनलाई हृदयघात हुन सक्छ। साथै डाक्टरले बिरामीको स्थिती नाजुक भएको जानकारी गराएका छन। उनलाई आफन्तहरुकाे जिम्मा लगाइएकाे छ। 'हाई अल्टिच्युटका कारण पनि उनलाई हृदयघात भएको हुन सक्छ, तथापी उनको बिगतका स्वस्थ्य विवरणबारे भने हामी अनभिज्ञ छौं' उनले भने।

उक्त घटनाले उडान निर्धारित समय भन्दा ५ घन्टा ढिलाई भएको थियो। बिरामीको हेरबिचार गरिरहेका उनका आफन्त किरात राई यायोख्खा हङकङका भुपु अध्यक्ष रजिन राईले बिरामीलाई प्रीन्स मार्गरेट अस्पतालमा सारिएको बताए। उक्त अस्पतालमा हङकङका पहिलो व्यक्ति कोरोना भाईरस सङ्क्रमणबाट मृत्यु भएको थियो।

नेपाली समुदायमा उक्त घटनालाई कोरोना प्रकोपसँग जाेडेकाे बारे राईले भने 'त्यो निराधार हो, यो घटना स्याल कराउनु र बाख्रा हराउनु भन्ने उखान जस्तै हो। उनलाई मस्तिष्क घात भएको डाक्टरले मलाई जानकारी गराएका छन्। त्यसैले उक्त घटना कोरोना सङ्क्रमण नभएको जानकारी गराउँदछु।'

राईले बिरामीका मष्तिस्कका नसाहरु पुर्ण बिनास भएकोले बिरामीको अवस्था अत्यन्तै गम्भीर भएको बताउँदै कुनै चमत्कार नभए जिन्दगीभर कोमामा जाने कुरा डाक्टरले जानकारी गराएको बताएका छन्।

शरीरको अंगले ९९प्रतिशत काम गर्न छाडिसकेको बिरामीलाई छुट्टै कोठाको सघन कक्षमा उपचार भै रहेको तथा कसैलाई प्रत्यक्ष रुपमा भेट्न समेत नदिएको राईले बताए। निजको हङकङमा आफ्नै परिवारको सदस्य नभएको, सार्बजनिक भेलाहरुमा त्यति सहभागिता नजनाउने समेत राईले बताए।

उनका छोराछोरीहरु नेपालमै भएको तथा श्रीमतीले अर्कैसँग घरबार गरिसकेको जानकारी आएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .