अधिवेशनको मुखैमा जीएनआरएनए हङकङको पत्रकार सम्मेलन, किन चाहिएको हो नयाँ संस्था?

अधिवेशनको मुखैमा जीएनआरएनए हङकङको पत्रकार सम्मेलन, किन चाहिएको हो नयाँ संस्था?

पत्रकार सम्मेलनका क्रममा त्रिलोक गुरुङ, दुर्गा गुरुङ लगायत


नेपालखबर
फागुन २०, २०८० आइतबार १९:३५, हङकङ

विश्व गैर–आवासीय नेपाली संघ, हङकङले प्रथम अधिवेशन गर्ने तयारी गरेको छ।

यही मार्च १० मा चिमसा चोइ इस्टस्थित रेगल काउलुन होटलमा अधिवेशन हुने संस्थाले यसअघि नै घोषणा गरिसकेको छ।

यसैको तयारीस्वरुप जीएनआरएनले आज हङकङमा पत्रकार सम्मेलन गरेको छ।

सम्मेलनका क्रममा जीएनआरएनएका त्रिलोक गुरुङले ‘नेपालको सामाजिक–आर्थिक विकासमा सहयोग गर्न र गैरआवासीय नेपालीहरूको अधिकार तथा हितको रक्षा गर्न नेपाल बाहिर बस्ने सबै नेपालीलाई एकताबद्ध’ गर्ने मिसनसहित संस्था स्थापना भएको बताए।

साथै नेपालको सामाजिक–आर्थिक विकासका लागि सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमार्फत सहकार्य गर्ने र विश्व तथा नेपालभर रहेका नेपालीको हितका लागि काम गर्ने गुरुङले जानकारी दिए।

नेपालमा पर्यटन प्रवर्धन गरी विश्वभर नेपाली संस्कृति र सम्पदाको संरक्षण गर्ने, नेपालको सामाजिक–आर्थिक विकासका लागि एनआरएनहरूसँग रहेको ज्ञान, सीप र पुँजीको परिचालन गर्ने, नेपाली आप्रवासी कामदारको हितलाई प्रवर्धन गर्ने, नेपाल बाहिर बसोबास गर्ने सबै नेपालीलाई एकताबद्ध गर्दै विश्वव्यापी नेटवर्क र साझा प्लेटफर्मको स्थापना गर्ने संस्थाको मूल उद्देश्य रहेको पत्रकार सम्मेलनका क्रममा जीएनआरएनका तर्फबाट गुरुङले बताए।

एकपटकको नेपाली सधैँ नेपाली रहिरहने भनाइलाई आत्मसात गर्दै सबै नेपालीलाई एउटै छातामुनि एकताबद्ध गर्न २२ देश तथा क्षेत्रमा विश्व गैर–आवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद् स्थापना भइसकेको पनि उनले जानकारी दिए।

पत्रकार सम्मेलनको क्रममा ‘जीएनआरएनए नेपालमा पनि दर्ता भएको छ?’ भन्ने एक सहभागीको प्रश्नमा गुरुङले नेपालमा अहिले दर्ता भइनसकेको तर दर्ताको प्रक्रिया अघि बढिरहेको बताए। यद्यपि, हङकङमा चाहिँ दर्ता भइसकेको उनले बताए।

‘एनआरएनएसँग द्वन्द्व भएर जीएनआरएनए खुलेको हो?’ भन्ने सहभागीको अर्को प्रश्नमा गुरुङले कसैसँगको द्वन्द्वको कारणले नभई आवश्यकताका आधारमा संस्था खुलेको र यस संस्थामा आबद्ध हुन विश्वभरका नेपालीलाई स्वागत गरिने बताए।

एनआरएनएभन्दा जीएनआरएनएमा के फरक छ भन्ने प्रश्नमा समाजलाई योगदान दिन्छु भन्ने नयाँ अनुहारहरूको संलग्नता भएको र ऊर्जावान युवा जमातको सक्रियताले समाज रूपान्तरणमा योगदान दिने जीएनआरएनएले बताएको छ।

‘एनआरएनए हुँदाहुँदै जीएनआरएनए किन चाहिएको हो?’ भन्ने अर्का सहभागीको प्रश्नमा ‘नेपालीका लागि नेपाली’ भन्ने मूल नाराबाट एनआरएनए बाहिर गएको आभास भएकोले नयाँ संस्था खोल्नु परेको जीएनआरएनएका दुर्गा गुरुङले बताए।

एनआरएनएको अहिले भइरहेको सञ्जालका कारण पनि नयाँ संस्थाको आवश्यकता रहेको गुरुङले बताए।

पत्रकार सम्मेलनको भिडिओ-

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .