नेपाली खेलाडीको सम्मानमा एनआरएनए हङकङले रात्रि भोज गर्ने

नेपाली खेलाडीको सम्मानमा एनआरएनए हङकङले रात्रि भोज गर्ने

मैदान बाहिर बसेर खेलाडीलाई हौसला दिइरहेका नेपाली दर्शक


नेपालखबर
फागुन ३०, २०८० बुधबार १५:२४, हङकङ

हङकङमा भएको त्रिकोणात्मक टी२० शृङ्खलाको फाइनलसम्म पुगेको नेपाली क्रिकेट टोली यतिखेर हङकङमा छ।

खेलको क्रममा हङकङ आइपुगेका टोलीका खेलाडी तथा सदस्यलाई आज (१३ मार्च) गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङले सम्मान गर्ने भएको छ।

बेलुका ७ बजे इन्डिया क्लबमा रात्रि भोजको आयोजना गर्दै संघले उनीहरूलाई सम्मान गर्ने कार्यक्रम राखेको हो।

अन्तर्राष्ट्रिय क्रिकेट मञ्चमा नेपालको प्रतिनिधित्वका लागि क्रिकेटले उल्लेखनीय योगदान गरेकोले प्रोत्साहनस्वरुप कार्यक्रम आयोजना गरिएको एनआरएनए हङकङले जनाएको छ।

कार्यक्रमको बारेमा नेपालखबरले एनआरएनए हङकङको दुई कार्यकालसम्म अध्यक्षता गरिसकेकी राधिका (टीका) गुरुङलाई फोन सम्पर्क गरेको थियो। हङकङ जस्तो ठाउँमा आएर नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाएको सम्मानस्वरुप खेलाडीलाई सम्मान गर्न लागेको उनी बताउँछिन्।

‘जित–हार आफ्नो ठाउँमा छ, नेपाली खेलाडीले हङकङ जस्तो ठाउँमा आफ्नो देशलाई चिनाउन खेलेको महत्त्वपूर्ण भूमिकालाई कदर गर्दै उहाँहरूको सम्मानस्वरुप रात्रिभोज आयोजना गरिएको हो, एनआरएनए हङकङ टिमसँगै खेल मैदानमा रहेकी गुरुङ भन्छिन्, ‘कलाकार राष्ट्रका गहना हुन्। उनीहरूले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाइरहँदा संस्था टुलुटुलु हेरेर बस्नै सक्दैन। त्यसैले सम्मान कार्यक्रम आयोजना गरिएको हो।’

नेपाली खेलाडी हङकङमा आएर फाइनलसम्म पुग्नु भनेकै ठूलो उपलब्धि रहेको गुरुङ बताउँछिन्।

नेपाली टोली पपुवा न्यु गिनी (पीएनजी)सँग फाइनल खेलमा

‘आज छुट्टीको दिन होइन। तर पनि नेपालप्रतिको मायाले ओतप्रोत हङकङेली नेपाली समुदाय नेपालको झन्डा फहराउँदै खेलाडीलाई हौसला दिइरहेका छन्,’ हाल एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को महिला सचिव पदमा आसीन गुरुङ थप्छिन्, ‘डेढ दुई सयको हाराहारीमा यतिखेर नेपाली दर्शकले खेलाडीलाई हौसला दिइरहेका छन्।’

रात्रिभोज तथा सम्मान कार्यक्रम बेलुका ७ देखि १० बजेसम्म रहने संस्थाले जनाएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .