हङकङमा पारिवारिक खुसी ६ वर्षयताकै कम : प्रतिवेदन

हङकङमा पारिवारिक खुसी ६ वर्षयताकै कम : प्रतिवेदन

सर्वेक्षणमा ६५ वर्षभन्दा माथिका उत्तरदाता समावेश थिए (एससीएमपी)


नेपालखबर
चैत १३, २०८० मंगलबार १२:३६, हङकङ

हङकङमा पारिवारिक खुसी ६ वर्षयताकै न्यूनमा झरेको अध्ययनले देखाएको छ।

वुफु सोसल इन्टरप्राइजेज र लिकुम कि फेमिली फाउन्डेसनले गरेको सर्वेक्षणले यस्तो देखाएको हो।

पारिवारिक सुख सूचकांक सर्वेक्षण वुफु सोसल इन्टरप्राइजेजको परिवार-केन्द्रित अभियानको एक हिस्सा हो।

सर्वेक्षण एचके डट विकेयरद्वारा अनलाइनमार्फत गरिएको थियो। गत वर्षको डिसेम्बरमा गरिएको सर्वेक्षणमा एक हजार तीन सय १६ जना उत्तरदाता सहभागी थिए।

६५ वर्षभन्दा माथिको उमेर समूहका उत्तरदाताबीच गरिएको सर्वेक्षणमा पारिवारिक खुुसी सूचकांक अघिल्ला वर्षको तुलनामा घटेको हो।

यस्तै सर्वेक्षणले व्यक्तिगत खुसीको औसत पनि घटेको देखाएको छ।

गत हप्ता संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको विश्व खुसी प्रतिवेदनमा १४३ देश तथा क्षेत्रमध्ये हङकङ ८६औँ स्थानमा छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .