कोरोनाभाइरसको प्रकोपपछि हङकङ महावाणिज्य दूतावासका सेवा डिजिटल प्रणालीमा

कोरोनाभाइरसको प्रकोपपछि हङकङ महावाणिज्य दूतावासका सेवा डिजिटल प्रणालीमा

मगेन्द्र राई
फागुन ३, २०७६ शनिबार १३:३,

नेपाली महावाणिज्य दूतावास हङकङले आगामी सोमबारबाट सेवाग्राहीहरुलाई दिँदै आएको सम्पुर्ण सेवा तथा सूचनाहरु डिजिटल प्रणाली ‘ई प्रणाली’मार्फत प्रदान गर्ने भएको छ।

महावाणिज्य दूतावासका अनुसार कोरोना भाइरस संक्रमणलाई रोकथाम गर्न दूतावासले दिँदै आएको प्रत्यक्ष सेवा र सूचना आदिलाई अर्को सूचना जारी नभएसम्मका लागि डिजिटल प्रणालीमार्फत सेवा प्रदान गर्ने निर्णय गरेको हो।

महावाणिज्य दूतावासको फेसबुक पेजमा उल्लेख भए अनुसार कोरोना भाइरसको प्रकोपलाई नियन्त्रण गर्न मुख्यभूमि चीनबाट हंगकंग प्रवेश गर्ने सम्पूर्ण यात्रुहरुलाई अनिवार्य रुपमा १४ दिने क्वारेन्टाइनमा राखिने नियम हङकङ सरकारले गत ८ फेब्रुअरीबाट लागू गर्ने भन्ने सूचना प्राप्त भएकापश्चात त्यसको जानकारी महावाणिज्य दूतावासमार्फत सेवा लिने सेवाग्राहीहरुलाई जानकारी गराउनु परेको बताएको छ।

साथै वर्तमान विषम परिस्थितमा श्वास्थ्यजन्य सुरक्षा सतर्कता अपनाउन पनि आग्रह गर्दै प्रकोपसम्बन्धी पछिल्लो जानकारी लगायत अन्य थप जानकारीका लागि हङकङ सरकार, स्वास्थ्य सुरक्षा केन्द्रको वेबसाइट समेत हेर्न अनुरोध गरेको छ।

प्रत्यक्ष सेवा प्रणालीबाट डिजिटल प्रणालीमार्फत सेवा प्रदान गर्नुपर्ने बाध्यताबारे जानकारी गराउँदै महावाणिज्यदूत कमलप्रसाद भट्टराईले आफूहरुले हङकङ सरकारको निर्णयको पालाना गरेको बताए।

‘भिषा, पासपोर्ट लगायतका विभिन्न सेवा प्रदान गर्ने क्रममा विभिन्न देशका विभिन्न क्षेत्रबाट आएका सेवाग्राहीहरुको भिड लाग्दा थप भाइरस संक्रमण हुने वातावरण बन्न सक्छ। हङकङ सरकारले समेत त्यस्ता भिडहरु सिर्जना नगर्न तथा भिडमा नजान आग्रह गर्दै कतिपय सरकारी तथा निजी कार्यलयका कामहरु घरमै बसेर कम्प्युटर मार्फत सम्पादन भै रहेको परिपेक्षमा हामीले पनि उक्त कदमको अनुशरण गरेका हौँ’, उनले नेपालखबरसँग भने, ‘त्यसो गर्दा भिड नियन्त्रण हुने तथा कतिपय कामका लागि पटक पटक दूतावास धाउनुको सट्टा कोठा मै बसेर सम्पुर्ण आवश्यकिय कार्य सम्पादन गर्न सकिन्छ।’

उनले यसबाठ समयको समेत बचत समेत हुने दावी गरे। नेपालीहरु डिजिटल प्रणालीमा अभ्यस्त नभएको परिपेक्षमा यो प्रणालीले उनीहरुमा अन्योल सिर्जना गर्दैन? भन्ने नेपालखबरको प्रश्नमा महावाणिज्यदूत भट्टराईले भने, ‘सुरुसुरु त्यस्तो हुन सक्छ, तथापी त्यस्तो जटिल भने अवश्य हुँदैन, यो जमाना नै डिजिटलको हो, सबै बिस्तारै अभ्यास हुँदै जान्छन्। कालान्तरमा यही प्रणाली लोकप्रिय हुनसक्छ।’

भट्टराईका अनुसार सम्पूर्ण कार्यहरु वैद्युतीय सेवाद्वारा सम्पन्न हुनेछन्। दूतावासले आवश्यक कागजातहरु वेब साईटमा उपलब्ध गराउने र त्यहीमार्फत चाहिने कागजात पेश गर्न सकिने व्यवस्था गरिने जनाएको छ।अन्त्यमा स्वीकृत भएको कागजात संकलन गर्न मात्र एक पटक दूतावास पुग्नु पर्ने उनले बताए। भट्टराईका अनुसार उक्त प्रकोप नियन्त्रणपश्चात पनि डिजिटल प्रणाली ऐच्छिक रुपमा राखिने बताएका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .