हङकङको क्याथे प्यासेफिकले ताइवान उडानको टिकट फिर्तामा शुल्क नलिने, यस्तो छ प्रक्रिया

हङकङको क्याथे प्यासेफिकले ताइवान उडानको टिकट फिर्तामा शुल्क नलिने, यस्तो छ प्रक्रिया

क्याथेले अप्रिल ३० सम्मका टिकटको पुन: बुकिङ तथा रद्दमा शुल्क नलिने बताएको छ (क्याथे प्यासिफिक)


नेपालखबर
चैत २१, २०८० बुधबार १८:२७, हङकङ

बुधबार बिहान ताइवानको हुआलिनमा गएको शक्तिशाली भूकम्पका कारण हङकङको क्याथे प्यासेफिकले ताइपेइ, ताइचुङ र काओसिङ जाने उडानको टिकट रद्द, पुनः बुकिङ र समय परिवर्तनको शुल्क नलिने घोषणा गरेको छ। एयरलाइन्सको यो नीति आजैबाट लागू भई अप्रिल ३० सम्म कायम रहनेछ।

एयरलाइन्सले घोषणा गरेअनुसार अप्रिल ३ वा सोभन्दा अगाडि बुकिङ गरिएका र अप्रिल ३ देखि ३० सम्मका टिकटमा उक्त नियम लागू हुने भएको हो। साथै, ती टिकट ताइपेइ, चाइचुङ र काओसिङ उडानका लागि हुनुपर्नेछ।

एयरलाइन्सको घोषणाअनुसार निम्न सर्तमा टिकट परिवर्तन वा रद्द हुनेछन्ः

यात्रा रद्द तथा रकम फिर्ता
यात्रा रद्द र टिकटको रकम फिर्ताको लागि अतिरिक्त शुल्क लाग्ने छैन। तर, यात्रुले समयमै चेक–इन प्रक्रिया भने पुरा गर्नु पर्नेछ।

नन्-रिफन्डेबल लगायत सबै प्रकारका टिकट यो नीतिमा समावेश हुनेछन्। प्रयोग नगरिएका टिकट पूर्ण रूपमा फिर्ता हुनेछन् भने आंशिक रूपमा प्रयोग गरिएका टिकट यात्रा गरिएको आधारमा प्रयोग नगरिएको खण्डको फिर्ता हुनेछ।

पुन: बुकिङ तथा गन्तव्य परिवर्तन
टिकट पुन: बुकिङ तथा गन्तव्य परिवर्तनका लागि ३० अप्रिलभन्दा अघि वा प्रस्थान (डिपार्चर) मिति  अघि अनुरोध गर्नु पर्नेछ।

यात्राको नयाँ मिति ३० जुन २०२४ भित्र हुनुपर्नेछ।

यी सबै प्रक्रियाको लागि एयरलाइन्सले आफ्नो ग्राहक सेवा टोलीलाई सम्पर्क गर्न अनुरोध गरेको स्थानीय सञ्चारमाध्यम डिमसम डेलीले उल्लेख गरेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .