अवैध यौनधन्दामा संलग्न भएको आरोपमा बिहीबार वानचाइ र युनलङबाट ४५ जना महिला पक्राउ परेका छन्।
जसमा एक जना १७ वर्षीया किशोरी छन् भने ५७ वर्षसम्मका महिला पनि रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेकामध्ये एक जना बाहेक सबै मुख्यभूमिका रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई बसाइको सर्त उल्लंघन गरेको आरोप समेत लागेको छ।
बिहीबार प्रहरी र अध्यागमन विभागले गरेको संयुक्त अपरेसनमा उनीहरू पक्राउ परेका हुन्।
संयुक्त टोलीको पहिलो अपरेसन युनलङमा भएको थियो। जहाँबाट १७ देखि ५७ वर्षका ३७ महिला पक्राउ परे।
त्यस्तै, वानचाइमा भएको दोस्रो अपरेसनमा पक्राउ परेकामध्ये २१ वर्षीया गैरचिनियाँ महिला र २९ देखि ४९ वर्षका सात मुख्यभूमिका महिला हुन्। उनीहरूलाई पनि बसाइको सर्त उल्लंघन गरेको आरोपमा समेत कारबाही अघि बढाइनेछ।
पक्राउ परेका सबै महिला अहिले प्रहरीको हिरासतमा छन्। उनीहरूलाई गैरकानुनी कार्यविरुद्धमा कारबाही अघि बढाइने प्रहरीले जनाएको द स्ट्यान्डर्डले उल्लेख गरेको छ।
Shares

प्रतिक्रिया