हङकङमा बौद्ध भिक्षुमा देखियो कोरोना, संक्रमितको संख्या १ सय २ पुग्यो

हङकङमा बौद्ध भिक्षुमा देखियो कोरोना, संक्रमितको संख्या १ सय २ पुग्यो

नेपालखबर
फागुन २१, २०७६ बुधबार १३:०,

पछिल्लोपटक एक ४३ वर्षका बौद्ध भिक्षुमा पनि कोरोना देखिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

फक वाइ चिङ सि बुद्धिष्ट स्तुपाका भिक्षुमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको स्वास्थ संरक्षण केन्द्रका डाक्टर चुवाङ सुक–क्वानले बुधबार पत्रकार सम्मेलनमा बताए।

हालसम्म हङकङमा कोरोनाका कारण २ जनाको मृत्यु भइसकेको छ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार हालसम्म विश्वमा ९३ हजार २३७ कोरोनाबाट संक्रमित भएका छन्।

३२ सय १८ को मृत्यु भइसक्दा उपचारपछि ५० हजार ६९१ स्वस्थ बनेका छन्।

चीनमा मात्र ८० हजार २७० कोरोनाबाट संक्रमित छन् र त्यहाँ २ हजार ९८१ को मृत्यु भइसकेको छ।

कोरोनाभाइरस हाल ८० भन्दा बढी मूलुकमा देखिएको छ। चीनपछि सबैभन्दा बढी कोरोनाग्रस्त मूलुक दक्षिण कोरिया हो। त्यहाँ कोरोनाबाट संक्रमितको संख्या ५६ सय २१ पुगेको छ। मृतकको संख्या ३२ पुगेको छ।

यस्तै कोरोनाको संक्रमणबाट इरान र इटालीमा चीनपछि सबैभन्दा बढी मानिसको ज्यान गएको छ। कोरोनाभाइरसका कारण इरानमा ९२ जनाको ज्यान गएको छ भने युरोपेली राष्ट्र इटालीमा ७९ जनाको ज्यान गएको छ।

हाल इरानमा २३ सय ३६ संक्रमित छन् भने इटालीमा २२ सय ६३ जना संक्रमित छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .