हङकङको यातायात सेवा कम्पनी केएमबीले मास्क निर्माण गर्ने

हङकङको यातायात सेवा कम्पनी केएमबीले मास्क निर्माण गर्ने

नेपालखबर
फागुन २३, २०७६ शुक्रबार १२:२८,

हङकङमा मास्कको आपूर्ति बढेसँगै केएमबी मास्क निर्माणमा होमिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

शुक्रबार केएमबीले माक्स निर्माण गर्ने घोषणा गरेको हो। आगामी अप्रिल महिनाबाट केएमबीले मास्क निर्माण थाल्नेछ।

मास्कको माग सरकारले पूर्ति गर्न नसकेको अरोपहरु लागेको छ। यसबीचमा केएमबीका बसहरुको यात्रु ३० प्रतिशतले घटेको छ।

यात्रु घट्न थालेपछि कम्पनीले घाटा व्यहोर्न थालेको छ। मास्कको उत्पादनपछि कम्पनीले लगानी उठाउने र बसका यात्रुलाई पनि मास्क उपलब्ध गराउन सकिने कम्पनीको बुझाइ छ।

शुक्रबारसम्म हङकङमा कोरोनाबाट संक्रमित १ सय ४ पुगेका छन्। २ को मृत्यु भइसकेको छ।

बिहीबारसम्मको तथ्यांकअनुसार हाल विश्वमा ९८ हजार ४३३ जना कोरोनाबाट संक्रमित छन्। ३३ सय ८४ को मृत्यु भइसक्दा ५५ हजार १८९ उपचारपछि स्वस्थ बनेका छन्।

चीनमा ८० हजार ५५२ संक्रमित छन् त्यहाँ ३ हजार ४२ कावे मृत्यु भइसकेको छ। इटालीमा भने ३८ सय ५८ कोरोनाबाट संक्रमित छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .