हङकङ सरकारले आउँदो दशकमा ४ लाख ४० हजार घर बनाउने

हङकङ सरकारले आउँदो दशकमा ४ लाख ४० हजार घर बनाउने

हङकङ सरकारले आगामी दशकमा ४ लाख ४० हजार घर बनाउने लक्ष्य राखेको छ


नेपालखबर
कात्तिक १२, २०८१ सोमबार १७:४०, हङकङ

हङकङ सरकारले सोमबार दीर्घकालीन आवास रणनीति वार्षिक प्रगति प्रतिवेदन जारी गर्दै अबको एक दशकमा ४ लाख ४० हजार घर बनाउने लक्ष्य राखेको छ।

आगामी १० वर्षको अवधिमा ७०:३० मा सार्वजनिक आवास आपूर्ति कायम गर्ने योजनासहित ३ लाख ८ हजार सार्वजनिक आवास एकाइ र १ लाख ३२ हजार निजी आवास एकाइको निर्माण गर्ने लक्ष्य राखिएको हो।

यसका लागि सरकारले सार्वजनिक आवासको लक्ष्य पूरा गर्न पर्याप्त जग्गा पहिचान गरिसकिएको जनाएको छ। निजी आवास निर्माणका लागि आगामी ५ वर्षभित्र जग्गा बिक्री र रेलवे सम्पत्ति विकासमार्फत करिब ८० हजार कित्ता जग्गा उपलब्ध गराउने योजना अघि सारिएको छ।

सहरी नवीकरण प्राधिकरणद्वारा सञ्चालित विकास आयोजनाहरू र अन्य निजी जग्गा विकाससँगै निजी आवास आपूर्ति लक्ष्य पूरा गरिनेछन्।

यसका साथै, आवास प्राधिकरणले सार्वजनिक आवास, हरित फारम अनुदानित घर स्वामित्व योजना र अन्य अनुदानित बिक्री फ्ल्याट निर्माण गर्न अर्को दशकमा ६०:४० को अनुपातमा काम गर्न चाहेको समेत एक सरकारी प्रवक्ताले बताए। (द स्ट्यान्डर्ड)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .