हङकङ अब्जर्भेटरीले शुक्रबार दिउँसो १२:४० मा जारी गरेको स्ट्यान्डबाइ संकेत नम्बर १ कम्तीमा शनिबार दिउँसोसम्म लागु रहने जनाएको छ।
आँधी यिनक्सिङ दक्षिणी चीनको तटीय क्षेत्र नजिक आइपुग्दा अब्जर्भेटरीले टी१ संकेत जारी गरेको हो।
आँधी र उत्तरपूर्वी मनसुनको संयुक्त प्रभावका कारण शनिबार रातिदेखि आइतबार बिहानसम्म ग्वान्दोङ तटमा हावा बलियो बन्न सक्ने बताइएको छ। यसपछि यसको प्रभावका आधारमा टी३ संकेत जारीको आवश्यकता मूल्यांकन गरिने अब्जर्भेटरीले भनेको छ।
‘यिनक्सिङ र पर्ल नदी मुहानबीचको दूरी, आँधीको तीव्रता र स्थानीय हावाको अवस्थाको आधारमा अब्जर्भेटरीले कडा हावा सङ्केत नम्बर ३ जारी गर्ने आवश्यकताको मूल्याङ्कन गर्नेछ,’ बुलेटिनमा भनिएको छ। आँधी हङकङबाट कति नजिक आइपुग्छ भन्नेमा पनि यो निर्भर रहने मौसमविद्हरूले बताएका छन्।
204
Shares

प्रतिक्रिया