हङकङको उच्च अदालतले घरेलु सहयोगीलाई बलात्कार गरेको आरोपमा दोषी ठहर भएका स्विडेनका व्यापारीलाई सोमबार ७ वर्षको जेल सजाय सुनाएको छ। घरेलु सहयोगी नेपाली महिला हुन्।
अदालतले गत २६ अगस्ट (६ भदौ)मा उनलाई दोषी ठहर गरेको थियो। अदालतको सात सदस्यीय जुरीले सर्वसम्मतिबाट गरेको उक्त निर्णयउपर आज सजाय तोकिएको हो।
३६ वर्षीय व्यापारी प्याट्रिक टोबियास एक्स्ट्रोमलाई २७ अक्टोबर २०२२ को रात आफ्नो शयनकक्षमा लगेर सहयोगी महिलालाई यौन दुर्व्यवहार गरेको अभियोग लागेको थियो।
त्यस रात रक्सीले मातेर अबेर घर फर्किएका उनले आफूलाई तान्दै शयनकक्षमा लगी जबरजस्ती गरेको महिलाले अदालतसामु बयान दिएकी थिइन्। पीडक व्यापारीका तीन छोराछोरी र श्रीमती त्यस दिन जापान गएका थिए।
महिलाले अदालतलाई दिएको बयानअनुसार यदि उनले यौनको माग पूरा नगरेमा एक्स्ट्रोमले उनलाई मार्ने धम्की दिएका थिए।
सुरुमा एक्स्ट्रोमले बलात्कार अस्वीकार गर्दै यसअघि पनि दुई पटकसम्म सहमतिमै यौन सम्बन्ध भएको र त्यतिबेला महिलाले आफ्नो ऋण तिर्न सहयोग मागेको दाबी गरेका थिए।
हङकङमा नेपाली महिलालाई बलात्कार गरेको आरोप लागेका स्विडेनका व्यापारी दोषी ठहर
Shares

प्रतिक्रिया