हङकङमा बढ्ने भयो बिजुलीको शुल्क

हङकङमा बढ्ने भयो बिजुलीको शुल्क

शातिन पास रोड नजिकै विद्युत्‌ टावर। हङकङका दुई बिजुली कम्पनीले जनवरीदेखि विद्युत्‌ दरमा वृद्धि गर्ने घोषणा गरेका छन् (एससीएमपी)


नेपालखबर
मंसिर ४, २०८१ मंगलबार १८:१०, हङकङ

हङकङवासीले अर्को वर्ष बिजुलीको शुल्क बढी तिर्नुपर्ने भएको छ। सहरका दुई पावर कम्पनीले विद्युत्‌ महसुल बढाएपछि प्रयोगकर्ताले लगभग १ प्रतिशत बढी तिर्नुपर्ने भएको हो।

सीएलपी पावरका ग्राहकले आवासीय बिल एक वर्षअघिको तुलनामा जनवरीदेखि ०.९८ प्रतिशतले बढी तिर्नु पर्नेछ भने एचके इलेक्ट्रिकका ग्राहकका लागि ०.९ प्रतिशतले वृद्धि हुनेछ।

सीएलपी पावरले काउलुन, न्यु टेरिटोरिज र लान्ताउ टापुमा सेवा प्रदान गर्दछ। जसले आधारभूत ट्यारिफलाई १.४ प्रतिशतले ९८ हङकङ सेन्ट प्रतिकिलोवाट प्रतिघण्टामा वृद्धि गर्ने तथा इन्धन शुल्क ४६.३ सेन्ट प्रतिकिलोवाट प्रतिघण्टा यथावत् राख्ने बताएको छ। जसको समग्र वृद्धि प्रतिकिलोवाट प्रतिघण्टा ०.९८ प्रतिशत हुन आउँछ।

त्यस्तै, हङकङ टापु र धेरै बाहिरी टापुमा सेवा दिने एचके इलेक्ट्रिकले यसको आधार दर २.८ प्रतिशतले बढाएर १२२.९ सेन्ट प्रतिकिलोवाट प्रतिघण्टा गर्ने बताएको छ। यद्यपि, इन्धनको मूल्यलाई ४.१ प्रतिशतले घटाएर ४४.१ सेन्ट प्रतिकिलोवाट प्रतिघण्टामा घटाउने बताएको छ। जुन यो महिनाको मूल्यको तुलनामा ०.९ प्रतिशतले वृद्धि हो।

बिजुली प्रदायकहरूले पछिल्लो पटक सन् २०२३ मा मूल्य समायोजन गरेका थिए।

हङकङमा विद्युत्‌ महसुल तीन प्रकारका हुन्छन्- आधार दर, इन्धन लागत र छुट। (एससीएमपी)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .