हङकङमा साइकल यात्रीलाई हेलमेट अनिवार्य गर्ने कानुन हाललाई स्थगित

हङकङमा साइकल यात्रीलाई हेलमेट अनिवार्य गर्ने कानुन हाललाई स्थगित

हेलमेट अनिवार्यको संशोधन प्रस्ताव २०२५ सम्मका लागि स्थगित गरिएको छ (फाइल तस्बिर/एससीएमपी)


नेपालखबर
मंसिर ६, २०८१ बिहिबार १३:०, हङकङ

हङकङमा साइकल यात्रीलाई हेलमेट अनिवार्यको कानुन संशोधन प्रस्ताव २०२५ सम्मका लागि स्थगित गरिएको छ। उमेर मापदण्ड र अन्य क्षेत्रका अभ्यास लगायतका विषयमा अध्ययनका लागि थप समय आवश्यक रहेकोले हाललाई संशोधन प्रस्ताप स्थगित गरिएको हो।

हेलमेट अनिवार्य गर्न खोजिनुको उद्देश्य सुरक्षा प्रवर्द्धन र दुर्घटनाको संख्या कम गर्नु रहेको अधिकारीहरूले बताउँदै आएका छन्। साइकल-मैत्री वातावरण सुनिश्चित गर्दा बासिन्दालाई छोटो दूरीको यात्रामा साइकल चलाउन प्रोत्साहित र मोटरको प्रयोगलाई निरुत्साहित गर्न सकिने अधिकारीहरू बताउँछन्।

‘हामी साइकल यात्रुले अनिवार्य हेलमेट लगाउनुपर्ने प्रावधान लागु गर्न कानुन संशोधनको अध्ययन गर्दैछौँ,’ यातायातमन्त्री लाम साईले बुधबार भने, ‘२०२५ मा विधानसभामा संशोधन प्रस्ताव पेस गर्ने लक्ष्य छ।’

कानुन संशोधनले साइकल यात्री, मोटर ट्राइसाइकलका चालक तथा यात्रु र मोटरसाइकल साइडकारमा हेलमेट अनिवार्यलाई सुनिश्चित गर्ने अपेक्षा पनि मन्त्री लामले गरे।

संशोधन प्रस्ताव पेस गर्नका लागि यसअघि (२०२३) को निर्धारित लक्ष्य पूरा हुन नसकेकोप्रति उनले निराशा व्यक्त गरे। साइकल चलाउँदा सडक दुर्घटना बढेको भन्दै यातायात विभागले सन् २०२२ मा साइकल यात्रीले हेलमेट अनिवार्य लगाउने विषयमा विचार गरिरहेको बताएको थियो।

‘संशोधनको अध्ययन गर्दा विभिन्न ठाउँमा फरक–फरक कानुनी मापदण्ड रहेको हामी याद गर्छौँ,’ मन्त्री लाम भन्छन्। (एससीएमपी)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .