बुधबारसम्म विश्वको १ सय ६९ देशमा फैलिसकेको कोरोनाका कारण २ लाखभन्दा बढी संक्रमित बनेका छन्।
विश्वभर ८ हजारभन्दा बढीको मृत्यु भएको छ। यसबीचमा हङकङमा पनि सक्रमितको संख्या बढ्दै गएको हो।
हङकङमा हालसम्म कोरोनाका कारण चार जनाको मृत्यु भइसकेको छ।
हङकङमा विदेशबाट आउनेमा कोरोनाको संक्रमण बढी देखिएपछि हिजो मंगलबार मात्र त्यहाँको सरकारले विदेशबाट आउने सबै यात्रुलाई क्वारेन्टाइनमा राख्ने घोषणा गरेको थियो।
अब विदेशबाट आउने सबै यात्रुलाई हङकङमा १४ दिन क्वारेन्टाइनमा राखिनेछ।
यसैबीच हङकङमा क्वारेन्टाइनमा राखिएका सबैलाई सरकारले कडा निगरानीमा राख्ने भएको छ। हङकङले क्वारेन्टाइनमा बस्ने सबैले विद्युतीय रिस्टब्यान्ड अनिवार्य लगाउनुपर्ने नियम ल्याएको हो।
उक्त हाते फिताले मानिस कहाँ जान्छ भनेर सूचना दिनेछ। यसको सहयोगमा सरकारी अधिकारीले क्वारेन्टाइनमा बस्न भनिएका मानिसले नियम पालना गरेको छ या छैन भन्ने थाहा पाउनेछन्।
कोरोनाले गर्दा हङकङमा बेरोजगारी दर बढ्दै गएको छ। त्यहाँको अर्थतन्त्रमा पनि ह्रास आएको छ।
प्रतिक्रिया