हङकङमा बसको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ। ठक्कर दिने बसका चालक पक्राउ परेका छन्।
मंगलबार प्रहरीले जानकारी दिएअनुसार, सोमबार साँझ ५:५० बजे ताइपोस्थित क्वोङ वाङ स्ट्रिटमा रहेको बस स्टपमा गाडीले ६५ वर्षीय पुरुषलाई ठक्कर दिएपछि पुरुषले ६७ वर्षीया महिलासँग ठोकिन पुगेका थिए।
‘छातीमा चोट लागेका पुरुषलाई प्रिन्स अफ वेल्स अस्पताल पठाइएको थियो। अस्पतालले सोमबार साँझ ७:३५ बजे मृत घोषित गर्यो,’ प्रहरी प्रवक्ताले भनेका छन्।
त्यस्तै, हात र खुट्टामा चोट लागेको अवस्थामा महिलालाई एलिस हो मिउ लिङ नेदरसोल अस्पताल पठाइएको थियो।
प्रहरी प्रवक्ताका अनुसार दुई यात्रुबीच एकअर्कामा चिनजान थिएन। गाडीले ठक्कर दिएपछि पुरुष कसरी महिलासँग ठोकिन पुगे भन्ने बारेमा उनले थप विवरण दिएनन्।
खतरनाक तरिकाले गाडी चलाएर मृत्यु निम्त्याएको आरोपमा ६६ वर्षीय चालकलाई प्रहरीले पक्राउ गरेको छ। चालक मंगलबार बिहानसम्म प्रहरीको हिरासतमै छन्। (एससीएमपी)
Shares

प्रतिक्रिया