हङकङमा जहाजभित्र झगडा गर्ने २ महिलाविरुद्ध मुद्दा दायर

हङकङमा जहाजभित्र झगडा गर्ने २ महिलाविरुद्ध मुद्दा दायर

विमान हङकङमा अवतरण गरेपछि दुई यात्रुबीच झगडा भएको थियो (एससीएमपी)


नेपालखबर
पुस २४, २०८१ बुधबार ११:३३, हङकङ

सोमबार राति जापानको सपोरोबाट हङकङ आएको उडानमा झगडा गर्ने दुई महिलाविरुद्ध हङकङ प्रहरीले मुद्दा दायर गरेको छ।

सपोरोबाट हङकङ आएको क्याथे प्यासिफिक एयरवेजको उडान सीएक्स५८१ मा दुई महिला झगडा गरेको आरोपमा पक्राउ परेका थिए। विमानस्थल प्रहरीले ह्यान्डल गरेको उक्त केसमा मुद्दा दर्ता भएको हो।

उनीहरूलाई उड्डयन सुरक्षा अध्यादेशअन्तर्गत अभद्र व्यवहार गरेको आरोप लागेको छ। झगडियाहरू आज (बुधबार) वेस्ट काउलुन अदालतमा उपस्थित हुनेछन्।

क्याथेका प्रवक्ताले बताएअनुसार विमान हङकङमा अवतरण गरेपछि दुई यात्रुले अवरोधपूर्ण व्यवहार गरेका थिए। (एससीएमपी)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .