हङकङको यो व्यस्त सडकमा सुतेर के गर्दैछन् यी मानिस? (भिडिओ)

हङकङको यो व्यस्त सडकमा सुतेर के गर्दैछन् यी मानिस? (भिडिओ)

व्यस्त क्यासल पिक रोडको बीचमा मानिस आरामले सुतिरहेका देखिन्छन्


नेपालखबर
पुस २५, २०८१ बिहिबार १३:३७, हङकङ

बिहीबार सामाजिक सञ्जालमा देखिएको एउटा भिडिओले हङकङवासीलाई अचम्मित तुल्यायो।

भिडिओमा युनलङको क्यासल पिक रोडको व्यस्त ट्राफिक लेनमा एक जना मानिस सुतिरहेका देखिन्छन्। २९ सेकेन्डको फुटेजमा ती व्यक्तिका कारण सवारी आवागमनमा अवरोध पुगिरहेको देखिन्छ।

पोकओई अस्पताल नजिकै सडकमा निलो ज्याकेट र बेसबल टोपी लगाएका ती व्यक्तिलाई उत्तानो परेर आरामले सुतिरहेको देखिन्छ।

क्याम वाकर लगाएको हुँदा उनको खुट्टामा चोट लागेको जस्तो पनि देखिन्छ। उनले लगाएको क्याम वाकरलाई सामान्यतया मुन बुट भनेर पनि चिनिन्छ।

उनले झोला जस्तो देखिने वस्तुलाई तकियाको रूपमा प्रयोग गरेका छन् र  हात बाँधेर आकाशतिर हेरिरहेका अनि शान्त देखिन्छन्।

सञ्जालमा भिडिओ राख्ने अपलोडरले रेकर्डिङको सही समय लेखेका त छैनन् तर अँध्यारो आकाश र सडक बत्तीको प्रकाशलाई अन्दाज गर्दा यो साँझमा खिचिएको अनुमान लगाउन सकिन्छ।

क्यासल पिक रोड त्यस्तो व्यस्त रुट हो जहाँबाट कामतिन र शेङशुई जाने सवारी साधनको भारी ट्राफिक अनुभव गर्न सकिन्छ।

सडकमा उक्त मानिसको उपस्थितिले चालकलाई अचानक लेन परिवर्तन गर्न बाध्य पार्छ। जसले दुर्घटनाको जोखिम बढाएको थियो।

सञ्जालमा राखिएको यस भिडिओमा टिप्पणीकर्ताहरूले व्यक्तिको खतरनाक व्यवहारप्रति चिन्ता व्यक्त गरेका छन्। दुर्घटना भएको भए चालकहरूको लागि सम्भावित कानुनी प्रभावको बारेमा बहस गरिरहेका छन्।

कतिपयले सडकमा विचित्र घटनाको बढ्दो प्रवृत्तिमा यो पनि एक अंश भनेर टिप्पणी गरेका छन्। कसैले ती व्यक्तिको निडरताबारे पनि बोलेका छन्। (द स्ट्यान्डर्ड)

भिडिओ-

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .