हङकङमा भूकम्पको धक्का महसुस

हङकङमा भूकम्पको धक्का महसुस

सांकेतिक तस्बिर (सटरस्टक)


नेपालखबर
पुस २६, २०८१ शुक्रबार १५:३१, हङकङ

हङकङमा शुक्रबार दिउँसो भूकम्पको धक्का महसुस भएको छ।

चीनको ग्वान्दोङ प्रान्तमा गएको भूकम्पको धक्का हङकङमा समेत महसुस गरिएको हो।

हङकङ अब्जर्भेटरीले चीनको ग्वान्दोङ प्रान्तस्थित शानवेईको दक्षिणमा रहेको समुद्रमा केन्द्रबिन्दु भई शुक्रबार दिउँसो २:४० बजे ४.२ म्याग्निच्युडको भूकम्प गएको बताएको छ।

स्रोत: हङकङ अब्जर्भेटरी/ग्राफिक्स: एससीएमपी

केन्द्रबिन्दु हङकङबाट करिब २ सय किलोमिटर दक्षिणपूर्वमा पर्दछ। केन्द्रबिन्दुको गहिराइ लगभग १० किलोमिटर रहेको छ।

भूकम्पको कम्पन केही सकेन्डसम्म महसुस भएको थियो। कम्पनको महसुस आराम गरिरहेका, माथिल्लो तलामा बसेका वा अनुकूल स्थानमा रहेका मानिसहरूले महसुस गर्ने खालको रहेको अब्जर्भेटरीको बुलेटिनमा उल्लेख छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .