हङकङ : ग्रेटर बेसँग यातायात प्रमुखले मागिन् उडान कटौतीको कारण

१२८ उडान रद्द, ५५०० यात्रु प्रभावित
हङकङ : ग्रेटर बेसँग यातायात प्रमुखले मागिन् उडान कटौतीको कारण

ग्रेटर बे एयरलाइन्सले १२८ उडान रद्द गर्दा ५५०० यात्रु प्रभावित भएका छन् (एससीएमपी)


नेपालखबर
माघ ९, २०८१ बुधबार १८:१५, हङकङ

हङकङको ग्रेटर बे एयरलाइन्सले ठूलो संख्यामा उडानहरू रद्द गरेपछि सहरका यातायात प्रमुखले स्पष्टीकरण मागेकी छन्।

आज बिहान एयरलाइन्सको व्यवस्थापनलाई उडानहरू रद्दको कारणबारे छलफल गर्न बोलाइएको भेटमा यसको कारणबारे एक हप्ताभित्र रिपोर्ट पेस गर्न भनिएको यातायात तथा रसद सचिव मेबल चानले बताइन्।

एयरलाइन्सको व्यवस्थापन पक्षले आज सचिव चानको ब्युरो र नागरिक उड्डयन विभागसँग भेट गरेको थियो।

छलफलका क्रममा एयरलाइन्सले पहिले नै तालिका प्रक्रियामा गडबडीका कारण आगामी दुई महिनामा १२८ उडान रद्द गर्नुपरेको बताएको छ।

‘मैले हिजो राति पनि ग्रेटर बे एयरलाइन्सलाई फोन गरेर मेरो चिन्ता व्यक्त गरेको छु,’ सचिव चानले भनिन्,  ‘यो घटनाको बारेमा सकेसम्म चाँडो विस्तृत रिपोर्ट हामीलाई पेस गर्न भनेको छु।’
आजको भेटमा पनि यात्रुहरूलाई पर्ने प्रभाव कम गर्न मध्यमार्गी बाटो अपनाउन आफूले भनेको उनले बताएकी छन्।

‘आज बिहान म, यातायात तथा रसद ब्युरो र नागरिक उड्डयन विभागसँगै कम्पनीको व्यवस्थापनका वरिष्ठ सदस्यहरूसँग छलफल भएको थियो,’ सचिव चानले भनिन्, ‘हाम्रो सन्देश स्पष्ट छ- उनीहरूले आफ्नो हितमा काम गर्दा यात्रुहरूको अधिकारलाई पनि ख्याल राख्नु पर्छ र यात्रुहरूमा पर्ने प्रभावलाई कम गर्न उपलब्ध कुनै पनि माध्यम प्रयोग गर्नुपर्छ।’

यता, आजै बिहान जारी गरिएको अद्यावधिक विज्ञप्तिमा एयरलाइन्सले सबै प्रभावित यात्रुसँग माफी मागेको छ। साथै, आउँदै गरेको लुनार नयाँ वर्षको बिदामा उडानहरू प्रभावित नहुने बताएको छ।

‘नयाँ विमान डेलिभरीमा ढिलाइ र हाम्रा केही अवस्थित विमानहरूको नियमित निरीक्षणको आवश्यकताका कारण हाम्रो समग्र उडान तालिका प्रभावित भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘जसको परिणामस्वरूप फेब्रुअरी र मार्चका १२८ उडान (६४ राउन्ड ट्रिप) रद्द गरिएको छ।’

यी उडानमा लगभग ५,५०० यात्रुहरू समावेश भएको पनि एयरलाइन्सले जनाएको छ। (एससीएमपी)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .