हङकङमा नयाँ वर्षको उत्सवका लागि बनाइएका स्टलहरू हावाहुरीले भत्काइदिएको छ।
तस्बिरमा देखिएको स्टल काउलुनस्थित चेङसा वान खेल मैदानको हो। जहाँ हावाहुरीले मेला नै बिथोलिने गरी भत्काइदिएको छ। अधिकारीहरूका अनुसार यसलाई आजै बेलुकासम्ममा मर्मत गरी मेला सुचारु गर्ने लक्ष्य राखिएको छ।
८९ वटा स्टल राख्न सकिने उक्त मेलाको संरचना भत्किएपछि सामानहरू यत्रतत्र छरिएका थिए।
खाद्य तथा वातावरणीय स्वच्छता विभागको सामाजिक सञ्जाल पोस्टमा उल्लेख गरिएअनुसार वातावरण तथा पारिस्थितिकी सचिव चेचिन वानले सोमबार बिहान उक्त स्थानको स्थलगत निरीक्षण गरेका थिए।
निरीक्षणका क्रममा सचिव वानले सहकर्मीहरूलाई भत्किएका पाल हटाउन र विक्रेताहरूको स्टल सकेसम्म चाँडो पुनर्स्थापित गर्न सहयोग गर्न निर्देशन दिए।
‘केही स्टल आज बिहानको तीव्र हावाका कारण क्षतिग्रस्त भएका थिए। ती स्टल इजाजतपत्र प्राप्त व्यक्तिहरूले मर्मत गरेपछि मेला फेरि खुल्नेछ,’ विभागले भनेको छ।
सामाजिक सञ्जालमा पोस्ट गरिएका अन्य तस्बिरमा देखिएअनुसार चेवान शानको खेल मैदानमा रहेको अर्को बजारमा पनि यस्तै क्षति भएको छ। आइतबार रातिको हावाहुरीले स्टलहरू भत्किएका हुन्। (एससीएमपी)
Shares

प्रतिक्रिया