हङकङमा विदेशबाट फर्किएका १० जनामा देखियो कोरोना, शनिबार १७ संक्रमित थपिए

हङकङमा विदेशबाट फर्किएका १० जनामा देखियो कोरोना, शनिबार १७ संक्रमित थपिए

नेपालखबर
चैत ८, २०७६ शनिबार १३:०,

यससँगै हङकङमा कोरोना भाइरस ‘कोभिड–१९’ बाट संक्रमितको संख्या २ सय ७३ पुगेको छ।

हालसम्म हङकङमा चार व्यक्तिको कोरोनाका कारण मृत्यु भइसकेको छ।

शनिबार १७ जना कोरोना संक्रमित भेटिएकामध्ये १० जना विदेशबाट फर्किएका नागरिक भएको सरकारी अधिकारीलाई उदृत गर्दै साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

ती १० जना संक्रमित व्यक्तिहरु अमेरिका, क्यानडा, पेरु, बोलिभिया र सिंगापुर भ्रमणबाट फर्किएको बताइएको छ।

सरकारले विदेशबाट फर्किएका सबैलाई १४ दिन क्वारेन्टाइनमा राख्ने नियम गत बिहीबारबाट लागू भइसकेको छ। क्वारेन्टाइन्मा राखिएका सबैले डिजिटल हातेफिता लगाउनुपर्नेछ।

उक्त हातेफिताको मद्दतमा सरकारले क्वारेन्टाइनमा बस्न भनिएका मानिसले नियम पालना गरेको नगरेको सूचना प्राप्त गर्नेछन्।

हङकङमा पछिल्लो समय विदेशबाट फर्किएका व्यक्तिमा कोरोना देखिनेक्रम बढ्दो छ। यसबीचमा विदेशबाट कसैलाई आउन नदिन माग गरिएको छ।

यस्तै शनिबार हङकङकी कार्यकारी प्रमुख कार्यकारी क्यारी लामले सरकारी कर्मचारी सबैलाई घरैबाट काम गर्न निर्देशन दिएकी छिन्।

विश्व स्वास्थ्य संगठन डब्लूएचओले महामारी घोषणा गरेको कोरोना भाइरस हाल विश्वका १ सय ८० भन्दा बढी देशमा फैलिसकेको छ।

कोरोनाका कारण शनिबारसम्म २ लाख ८३ हजार २५६ संक्रमित बनेको पुष्टि भएको छ।

हालसम्म ११ हजार ८२९ को मृत्यु भइसक्दा ९३ हजार ५३५ उपचारपछि स्वस्थ बनेका छन्।

पछिल्लो समय कोरोनाको प्रभाव कोरोनाको उद्गमस्थल चीनमा कम हुँदै गएको छ। त्यहाँ संक्रमित र मृतक दर दैनिक घट्दो छ।

हाल कोरोनाको केन्द्रविन्दु युरोप बनेको छ। युरोपमा सबैभन्दा बढी कोरोना प्रभावित राष्ट्र इटली हो। इटलीपछि स्पेन, जर्मनी र फ्रान्स कोरोनाबाट निकै आक्रान्त बनेका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .