हङकङको क्वाइचुङस्थित जिन ड्रिंकर्स बेबाट दुई वटा स्पिडबोट चोरी भएका छन्। चोरी भएका डुङ्गाको अनुमानित मूल्य ८ लाख हङकङ डलर रहेको छ।
शुक्रबार बिहान ९.८ मिटरको कालो र ७.५७ मिटरको निलो स्पिडबोट चोरी भएका हुन्। कालो स्पिडबोट शनिबारदेखि त्यहाँ पार्क गरिएको थियो भने निलो स्पिडबोट हिजो मात्र पार्क गरिएको प्रहरीले जनाएको छ।
डुंगा मालिकहरूले माछा मार्ने उद्देश्यले टाइफुन सेल्टरमा डुंगा डक गर्ने गरेका थिए।
चान थर भएका कालो स्पिडबोटका मालिकले उक्त डुंगा सेकेन्ड ह्यान्ड खरिद गरेका हुन्। जुन उनले दुई लाख हङकङ डलरमा किनेका थिए।
माछा मार्नको लागि प्रयोग गर्ने गरेका उनले अघिल्लो दिन दिउँसोसम्म डुङ्गा पार्किङस्थलमै रहेको बताए। तर, आज बिहान ७ बजे माछा मार्न जाँदा भने डुङ्गा त्यहाँ थिएन।
त्यस्तै, चानले बताएअनुसार निलो स्पिडबोटका मालिकले दुई वर्षअघि ६ लाख हङकङ डलरमा नयाँ किनेका थिए।
प्रहरीले चोरी भएका डुङ्गाको खोजी कार्य भइरहेको जनाएको छ। (द स्ट्यान्डर्ड)
Shares

प्रतिक्रिया