ब्ल्याकपिंककी गायिका जिसु जेनीले एसिया भ्रमण गर्ने भएकी छिन्। मनिला, बैंकक, टोकियो, ताइपेई र हनोई भ्रमण गर्ने उनी हङकङ र मकाउमा पनि रोकिनेछिन् र प्रशंसकलाई भेट्नेछिन्।
जिसुको ‘लाइट्स, लभ, एक्सन’ भ्रमण तय भएको हो। गायिकाले मंगलबार खुलासा गरेअनुसार माथि उल्लेखित बाहेक अन्य एसियाली सहरमा पनि पुग्नेछिन्।
कार्यक्रम कहिले र टिकट कहिलेदिख भन्ने कुराको भने जानकारी दिइएको छैन।
जिसु अर्को महिना आफ्नो पहिलो एकल मिनी-एल्बम पनि रिलिज गर्ने तयारीमा छिन्।
जनवरी २०२३ मा, ब्ल्याकपिंकले हङकङको एसिया वर्ल्ड-एक्सपोमा तीनवटा शो दिएको थियो। जसका टिकट बिक्री सुरु भएको केही घण्टामै बिक्री भएका थिए। (एससीएमपी)
297
Shares

प्रतिक्रिया