हङकङमा ट्रकले दियो बसलाई ठक्कर, ८ जना घाइते

हङकङमा ट्रकले दियो बसलाई ठक्कर, ८ जना घाइते

बस स्टपमा यात्रु चढाइरहेको बसलाई ट्रकले ठक्कर दिएको हो (द स्ट्यान्डर्ड)


नेपालखबर
माघ २८, २०८१ सोमबार १६:२०, हङकङ

हङकङमा ट्रकले मिनिबसलाई ठक्कर दिँदा ८ जना घाइते भएका छन्। सोमबार दिउँसो ताइओ हाउमा ट्रकले मिनिबसलाई पछाडिबाट ठक्कर दिएको हो।

दिउँसो करिब ३ बजे चेङविङ रोडतर्फ जाँदै गर्दा दुर्घटना भएको हो। स्रोतलाई उद्धृत गर्दै द स्ट्यान्डर्डले जनाएअनुसार बसमा एक यात्रु चढ्दै गर्दा पछाडिबाट आएको ट्रकले ठक्कर दिएको थियो।

ट्रकको ठक्करपछि यात्रु भुइँमा पछारिएका थिए। घटनामा उनीसहित ८ जना घाइते भएका छन्। जसमा बसका चालक पनि छन्।

घाइतेहरूलाई उद्धारकर्मीले यानचाइ अस्पताल पुर्‍याएका थिए। सबै घाइतेको अवस्था सामान्य छ। प्रहरीले दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।

स्ट्यान्डर्डका अनुसार, दुर्घटनामा परेको मिनीबस रुट ८६ मा चल्ने सवारी हो जुन चुनवान वेस्ट स्टेसन र शेकलेई स्टेटबीच चल्छ।
मिनीबसले होपुई चुनमा यात्रु झार्ने र चढाउने क्रममा पछाडिबाट आएको ट्रकले ठक्कर दिएको हो। गाडी चढ्दै गर्दा पछारिएका यात्रु ५० वर्षीय पुरुष हुन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .