हङकङको चुनमुनमा युवकमाथि चक्कु प्रहार

हङकङको चुनमुनमा युवकमाथि चक्कु प्रहार

घटनापछि कन्भिनियन्स स्टोर बन्द गरिएको छ


नेपालखबर
फागुन ५, २०८१ सोमबार १२:४९, हङकङ

सोमबार दिउँसो हङकङको चुनमुनमा १९ वर्षीय युवकलाई छुरा प्रहार भएको छ।

दिउँसो साढे १२ बजे चुनलुङ स्ट्रिटको चुनमुन टाउन प्लाजामा रहेको कन्भिनियन्स स्टोरमा दुई जनाले युवकमाथि चक्कु प्रहार गरेको जानकारी दिएको प्रहरीले बतायो।

युवकलाई पटक पटक चक्कु हानेको देखेपछि बटुवाहरूले प्रहरीलाई फोन गरेका थिए। चक्कु प्रहारपछि आक्रमणकारी उनीहरूलाई लिन आएको गाडीमा बसेर भागे।

भुइँमा लडेका घाइते युवकलाई उद्धारकर्मीले एम्बुलेन्समा राखेर अस्पताल पठाएका छन्।

घटनापछि कन्भिनियन्स स्टोर बन्द छ। सटरको आधा बन्द गरिएको स्टोरमा व्यवसाय बन्द रहेको सूचना टाँसिएको छ।

प्रहरीले आक्रमणकारीको खोजी भइरहेको जनाएको छ। (द स्ट्यान्डर्ड)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .