नेपाली समुदायका अगुवा व्यक्तित्वले हङकङको समान अवसर आयोगकी अध्यक्ष लिन्डा लामसमक्ष नेपाली समुदायको वस्तुस्थितिबारे जानकारी गराएका छन्।
२३ फेब्रुअरीमा भएको उक्त भेटघाट कार्यक्रम याउचि मङ जिल्ला परिषद् अरुण गुरुङको कार्यालयमा भएको थियो।
गुरुङ नेपाली समुदायबाट हङकङको जिल्ला परिषद् सदस्य बन्ने पहिलो व्यक्ति हुन्। साथै, यो कार्यकालमा याउचि मङ जिल्लाका लागि अल्पसंख्यक समुदायबाट प्रतिनिधित्व गर्ने गुरुङ एक्लो प्रतिनिधि हुन्।

अध्यक्ष लिन्डासँगै वरिष्ठ समान अवसर अधिकारी रेमन्ड हो र जातीय अल्पसंख्यक इकाईकी ईओसी कार्यकारी सहायक पूजा पन्तसँगको उक्त छलफलमा नेपाली समुदायका अनुभव, चुनौती, वृद्ध हेरचाह सेवा, विशेष आवश्यकता भएका बालबालिका र उनीहरूका अभिभावकका मुद्दा, विद्यालयहरुमा नेपाली भाषा सिकाइ कक्षा, जनताका लागि ईओसी सेवा आदिबारे छलफल भएको याउचि मङ जिल्ला परिषद् अरुण गुरुङले जानकारी दिइन्।
आयोगको टोलीले छलफलद्वारा आफ्ना पहलहरू प्रस्तुत गर्ने र समुदायका आवश्यकता तथा चुनौतीबारे अवगत हुने मौका मिलेको भन्दै बैठकको चाँजो मिलाएकोमा जिल्ला परिषद् सदस्य गुरुङलाई धन्यवाद दिएका थिए।

छलफल कार्यक्रममा नेपाली समुदायबाट एनआरएनए हङकङका अध्यक्ष गोकर्णप्रसाद ढकाल, चेम्बर अफ कमर्सका अध्यक्ष शशिमदन राई, हङकङ नेपाली महासंघका अध्यक्ष रिता गुरुङ, हङकङ नेपाली महासंघका पूर्वअध्यक्ष टंक राना, एनआरएनए हङकङका पूर्वअध्यक्ष टीका गुरुङ, लेखक कमल पौड्याल, व्यवसायी इन्द्र वनेम, कुलप्रसाद गुरुङ लगायतको उपस्थिति थियो।
Shares

प्रतिक्रिया