दक्षिणपूर्वी एसियामा फसेका २५ हङकङवासीको उद्धार, ३ जना अझै बन्धक

दक्षिणपूर्वी एसियामा फसेका २५ हङकङवासीको उद्धार, ३ जना अझै बन्धक

शनिबार आइपुगेका हङकङवासी (बीच) विमानस्थलबाट बाहिरिँदै (हङकङ सरकार)


नेपालखबर
फागुन २६, २०८१ सोमबार १७:१३, हङकङ

दक्षिणपूर्वी एसियाको ‘घोटाला फार्म’ मा बन्धक बनाइएका २५ जना हङकङ फर्कन सफल भएका छन्। पछिल्लो पटक उद्धार गरिएका ६ जनासहित अहिलेसम्म कुल २५ जना हङकङ फर्किसकेका छन् भने अझै ३ जनाको उद्धार प्रयास भइरहेको हङकङ सरकारले जनाएको छ।

पछिल्लो पटक तीन पुरुष र तीन महिलाको उद्धार गरिएको हो। २९ देखि ४४ वर्ष उमेर समूहका उनीहरू पाँचदेखि सात महिनासम्म म्यानमारमा बन्धक बनाइएका थिए। जो गतहप्ता हङकङ फर्किएका हुन्।

६ जनामध्ये पाँच जना गएको शुक्रबार राति सहर आइपुगेका हुन् भने एक जना शनिबार राति आइपुगेका हुन्। उनलाई म्यानमारका घोटाला फार्म सम्बन्धमा अनुसन्धानका लागि सहयोग गर्न स्थानीय प्रहरीले एक दिन थाइल्यान्डमा रोकेको थियो।  

उनीहरू थाई सरकार, हङकङका अधिकारी र चिनियाँ दूतावासको संयुक्त प्रयासमा हङकङ फर्कन सफल भएका हुन्।

यसअघि उद्धार गरिएका १९ जनामध्ये कतिपयले फिरौतीसमेत तिर्नुपरेको थियो। एक जनाले त ३० हजार अमेरिकी डलरसम्म फिरौती तिरेको स्थानीय सञ्चारमाध्यममा समाचार आएको थियो।

गतहप्ता उद्धार गरिएका ६ जनामा भने कसैले पनि फार्म सञ्चालक फिरौती नबुझाएको हङकङका सुरक्षा सचिव क्रिस ताङलाई उद्धृत गर्दै हङकङ फ्रि प्रेसले उल्लेख गरेको छ।

ताङ संयुक्त उद्धार अभियानको समन्वय गर्न बिहीबार थाइल्यान्ड गएका थिए। शुक्रबार साँझ हङकङ फर्कएपछि पत्रकारहरू सामु उनले उक्त कुरा बताएका हुन्।

उद्धार कार्यका लागि हङकङ प्रहरी बल, सुरक्षा ब्युरो र अध्यागमन विभागका अधिकारीहरूसहित कार्यदल थाइल्यान्ड गएको थियो।

हङकङस्थित सुरक्षा ब्युरोका अनुसार २०२४ को मध्यदेखि दक्षिणपूर्वी एसियामा बन्धक बनाइएका हङकङवासीसँग सम्बन्धित कुल २८ रिपोर्ट प्राप्त भएका छन्। जसमध्ये अब तीन जना मात्र उद्धार गर्न बाँकी रहेका हुन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .