हङकङको याउमा तेई काइफोङ संघले ७५औँ वार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सव समारोहमा संघको २६औँ सञ्चालक समितिको उद्घाटन समेत गरिएको थियो।
यस सञ्चालक समितिमा टंक राना सम्मानित सदस्यमा मनोनीत भएका छन्।
हङकङमा रही सामाजिक कार्यमा सक्रिय रानाले आफू संस्थाको सदस्यको रूपमा मनोनीत भएकोमा हर्षित भएको प्रतिक्रिया दिए।
‘याउमा तेई काइफोङ संघको ७५औँ वार्षिकोत्सव कार्यक्रम र सञ्चालक समितिको २६औँ उद्घाटन समारोहको यस विशेष अवसरमा म आधिकारिक रूपमा यस संस्थाको सदस्य बन्न पाउँदा हर्षित भएको छु,’ रानाले भने।
आफूलाई मनोनीत गरिएकोमा सम्पूर्ण कमिटीलाई धन्यवाद दिँदै रानाले पूर्ण समर्पण भावका साथ काम गर्ने प्रतिबद्धता जनाएका छन्।
‘मेरो व्यक्तिगत साथै नेपाली समाजको तर्फबाट जोस, समर्पण र साँचो इच्छाका साथ संघको मिसनमा लागि पर्न हृदयबाट प्रतिबद्धता व्यक्त गर्दछु,’ रानाको कथन छ।
नेपाली समाज र संस्थालाई आपत् परेको खण्डमा आफूले सक्दो योगदान पुर्याउने पनि रानाले बताए।
‘सरप्राइज अपोइन्टमेन्ट भयो। हामीले काम गरेको आधारमा, समाजका लागि गरेको योगदानका आधारमा छनोट गरिएको रहेछ,’ रानाले नेपालखबरसँग भने, ‘यो सम्मानले समाजका लागि काम गर्न थप हौसला बढाएको छ। आफ्नो वेस्ट दिने कोसिसमा सधैँ रहनेछु।’
वार्षिकोत्सव कार्यक्रममा हङकङको याउचि मङ जिल्ला परिषद् सदस्य अरुणा गुरुङ, हङकङ नेपाली महासंघका अध्यक्ष रिता गुरुङ, समाजसेवी कुलप्रसाद गुरुङ लगायतका व्यक्तित्वको उपस्थिति थियो।




Shares

प्रतिक्रिया