हङकङको जोर्डनस्थित एक रेस्टुरेन्टको महिला शौचालयमा गोप्य क्यामेरा जडान गरिएको भेटिएको छ।
यहाँस्थित मानयिङ स्ट्रिटमा रहेको उक्त रेस्टुरेन्टमा एक ग्राहकले क्यामेरा जडान गरेको फेला पारेकी हुन्।
प्रहरीका अनुसार एक महिला संरक्षकले शनिबार शौचालयमा क्यामेरा राखिएकोबारे जानकारी गराएकी थिइन्।
क्यामेरा जडान गरेको आरोपमा प्रहरीले उक्त रेस्टुरेन्टका ४० वर्षीय कर्मचारीलाई पक्राउ गरिएको जनाएको छ।
हङकङमा यस्तो अपराधमा अधिकतम पाँच वर्षको जेल सजाय हुन सक्ने कानुनी प्रावधान छ।
1.1k
Shares

प्रतिक्रिया