किरात राई यायोक्खा हङकङको २७औँ वार्षिक साधारणसभा किलुनचुङस्थित सुप्तुलुङखिम (चुलाघर)मा सम्पन्न भएको छ।
उक्त संस्थाका अध्यक्ष गजेन्द्रबहादुर राईको सभापतित्वमा भएको कार्यक्रमको उद्घाटन दियोमा बत्ती बाली संरक्षक हेजेन राईले गरेका थिए।
सो सभामा संरक्षक शशिमदन राई, रजिन राई, हरिचन्द्र राई, माया (चन्द्रका) थुलुङ राई, सल्लाहकार वसन्तकुमारी राई, दिलीप राई, धिराजकुमार राई, हितबहादुर राई, जजिन राई, कालसिं राई र सुवास पुमा राई विशेष अतिथि रहेका थिए।
सभामा आयोजक संस्था किरात राई यायोक्खामा सम्बद्ध भाषिक संस्था साम्पाङ राई जुम्लेखाका उपाध्यक्ष दिपक केशर राई, किरात राई चाम्लिङ खाम्बातिम हङकङका सचिव भूपाल राई, पुमा तुप्खा बाङ्खालाका अध्यक्ष पेङ्गुइन किरात, बान्तावा खिमका वरिष्ठ उपाध्यक्ष धीरज बान्तवा, थुलुङ (राई) सामाका अध्यक्ष दिनेश थुलुङ राई, कोयु/कोयी किमका अध्यक्ष प्रकाश राई, बायुङ सुम्निखिमका अध्यक्ष लोखराज राई, दुनी फन्सिखिमका अध्यक्ष कमल दुमी राई, प्रमुख कुविमी नारायणप्रसाद राई र संस्थापक सचिव रामली थुलुङ राईलगायतका संस्थागत व्यक्तित्व अतिथिको रूपमा आमन्त्रित थिए।

उक्त सभामा नवगठित थुलुङ (राई) सामा हङकङका अध्यक्ष दिनेश थुलुङ राईलाई शिरमा फेटा गुथाई पदस्थापन तथा स्वागत गरिएको थियो।
यायोक्खाका उपाध्यक्ष गंगाराम राईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सचिव शिवकुमार बान्तावा राईले सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष इमानशेर राईले आर्थिक प्रतिवेदन र संरक्षक शशिमदन राईले विधान प्रस्तुत गरेका थिए।
स्मरण रहोस्, हङकङका सयौँ नेपाली संघसंस्थामध्ये आफ्नै जग्गा र घेराबारासहितको सामूहिक सुप्तुलुङखिम (चुलाघर) भएको एक मात्रै संस्था किरात राई यायोक्खा हो।

यस घरमा किरात राई यायोक्खाको कार्यालय रहनुका साथै किरात राईका मौलिक संस्कार-संस्कृतिका कर्म गरिन्छन्।
सांस्कृतिक घरको रूपमा परिचित सुप्तुलुङखिममा देश/विदेशका किरात राईहरूको मौलिक धर्म, संस्कार-संस्कृति मान्ने राईहरूले विशेष चुला दर्शन गर्ने गरेका छन्।
नेपालबाट हङकङ भ्रमणमा आएका विशिष्ट राई व्यक्तित्वहरूले यो घरको अवलोकन तथा चुला दर्शन गरिसकेका छन्।
Shares

प्रतिक्रिया