हङकङ नेपाली अल्ट्रा ट्रेल रनिङ एसोसिएसन (एचकेनुट्रा)का धावकहरूले एसिया ट्रेल मास्टर दौडको अन्तर्राष्ट्रिय वरीयतामा प्रवेश पाएका छन्।
हङकङको लान्ताउ आइल्यान्डमा सम्पन्न लान्ताउ ७० (एल ७०) किलोमिटर अल्ट्रा ट्रेल दौड प्रतियोगितामा हङकङ नेपाली अल्ट्रा ट्रेल रनिङ एसोसिएसन (एचकेनुट्रा)का धावक एसिया ट्रेल मास्टर दौडको अन्तर्राष्ट्रिय वरीयतामा पर्न सफल भएका हुन्।
शनिबार सम्पन्न उक्त प्रतियोगितामा एचकेनुट्राका आधा दर्जन बढी धावक वेदराज शेलिङ लिम्बू, दिनानाथ बगाले, भेषराज भट्टराई (रमेश), दिलु लिम्बू, कुवेरमनि लिम्बू, रविन लिम्बू र सन्तोष तामाङको सहभागिता थियो।
प्रतिस्पर्धाको एटीएम क्यान्डिडेटको रूपमा सफल दौड पोइन्ट गणनाभित्र शीर्ष स्थानमा एचकेनुट्रा पनि परेको हो।
जसअन्तर्गत एसिया ट्रेल मास्टरले एचकेनुट्राका तीन धावकलाई जुनमा मलेसियामा हुने ट्रेल्स डेस गोम्बक टाइटल प्रतियोगिताका लागि नि:शुल्क टिकट र खाना बस्नको व्यवस्था मिलाउनेछ।

यस्तै बाँकीलाई नि:शुल्क व्यवस्था नभए पनि सहभागिताका लागि योग्य हुनेछन्।
अन्तर्राष्ट्रियस्तरीय १०० तथा ५० किलोमिटरको यो अल्ट्रा ट्रेल दौड आगामी जुन २०-२२ तारिखमा हुनेछ।
मलेसियाको क्वालालम्पुरदेखि उत्तरमा अवस्थित सेलाङ्गोरमा रहेको ट्रेल डेस गोम्बाक सिजन १० एटीएम च्याम्पियनसिप र ग्रान्डमास्टर क्वेस्ट क्यालेन्डरमा नयाँ मलेसियन पोइन्ट रेस हो।
एटीएम क्यान्डिडेटको रूपमा सफल दौडपछि कार्यक्रमको चौथो संस्करण २१/२२ जुन २०२५ मा हुनेछ। च्याम्पियनसिप पोइन्टहरूको लागि तालिकामा १०० किलोमिटर र ५० किलोमिटर दुवै रहेका छन्।

Shares

प्रतिक्रिया