हङकङ विमानस्थल विश्वको छैटौँ उत्कृष्ट टर्मिनल, १ देखि ५ मा पनि एसियालीकै वर्चस्व

हङकङ विमानस्थल विश्वको छैटौँ उत्कृष्ट टर्मिनल, १ देखि ५ मा पनि एसियालीकै वर्चस्व

हङकङ अन्तर्राष्ट्रिय विमानस्थल (एससीएमपी)


नेपालखबर
चैत २८, २०८१ बिहिबार १४:३५, हङकङ

हङकङ अन्तर्राष्ट्रिय विमानस्थल विश्वको उत्कृष्ट टर्मिनलहरूको वार्षिक श्रेणीमा छैटौँ स्थानमा परेको छ। एक देखि पाँचसम्मका स्थानमा पनि एसियाली विमानस्थलले नै प्रभुत्व जमाएका छन्।

जसमा चांगी, दोहा हमाद, टोकियो हानेदा, सियोल इन्चोन र टोकियो नारिता हुन्।

पहिलो नम्बरमा सिंगापुरको चांगी विमानस्थल रहेको छ। दोस्रोदेखि पाँचौँमा दोहा (कतार)को हमाद अन्तर्राष्ट्रिय विमानस्थल, टोकियो (जापान)को हानेदा अन्तर्राष्ट्रिय विमानस्थल, सिओल (दक्षिण कोरिया)को इन्चोन अन्तर्राष्ट्रिय विमानस्थल र टोकियोकै नारिता अन्तर्राष्ट्रिय विमानस्थल हुन्।

यसपछि हङकङ अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ। हङकङ २०२४ मा ११औँ नम्बरमा परेको थियो। यस पटक पाँच स्थान उक्लेर छैटौँमा स्थान सुरक्षित गरेको हो। २०२३ मा भने ३३औँ स्थानमा थियो।

हङकङपछि सातौँदेखि दशौँ स्थानसम्म पेरिस चार्ल्स डे गौल विमानस्थल, लियोनार्दो दा भिन्ची रोम फ्युमिसिनो विमानस्थल, मुनिच विमानस्थल र जुरिच विमानस्थल रहेका छन्।

यसका अलावा हङकङले उत्कृष्ट विमानस्थल अध्यागमन सेवा पनि जितेको छ। सिंगापुर, बहराइन, ताइवान र जुरिचलाई पछि पार्दै हङकङले स्काईट्र्याक्स विश्व विमानस्थल पुरस्कार जितेको हो।

यस्तो पुरस्कार हङकङका लागि यो पाँचौँ पटक हो। यसअघि पनि सन् २०२०, २०१९, २०१६ र २०१५ मा जितेको थियो।

ब्रिटिस उड्डयन परामर्शदाता स्काईट्र्याक्सद्वारा आयोजित एक सयभन्दा बढी क्षेत्राधिकारका १ करोड ३० लाख हवाई यात्रुले दिएको भोटद्वारा पुरस्कार निर्धारण गरिएको थियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .