हङकङमा एसपी दम्पती सम्मानित

हङकङमा एसपी दम्पती सम्मानित

बज्रकुमार थुलुङ राई
बैशाख १, २०८२ सोमबार ११:१३, हङकङ

किरात राई चाम्लिङ खाम्बातिम हङकङले नेपाल प्रहरीका उपरीक्षक (एसपी) श्याम राई र नेपाल एसबीआई बैंकका अवकाश प्राप्त शाखा इन्चार्ज मनिषा सुनुवार राईलाई सम्मान गरेको छ।

खाम्बातिमका अध्यक्ष सर्वधन राईको अध्यक्षता र किरात राई यायोक्खाको अध्यक्ष गजेन्द्रबहादुर राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा चाम्लिङभाषी राई दम्पतीलाई सम्मान गरिएको हो।

जोर्डनस्थित बगैँचा रेस्टुरेन्ट एन्ड बारको सभाकक्षमा भएको कार्यक्रममा नेपाल फाइनान्सका प्रबन्ध निर्देशक धिराजकुमार राई, लिङ्‌मा कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ कम्पनी लिमिटेडका डाइरेक्टर माया (चन्द्रका) थुलुङ राई, किरात राई प्रज्ञा प्रतिष्ठानका कुलपति शशीमदन राई, उपकुलपति किन्दर राई, ग्लोबल फाइनान्सका अध्यक्ष हरिचन्द्र राई, फ्रुटफुल कन्सल्टेन्सीका निर्देशक हेजेन राई, भारतीय भूपू सैनिक संघका सल्लाहकार जजिन राई, नेपाल पब्लिक इन्भेस्टमेन्टका निर्देशक लुपेन्द्र राई, ट्याम्के फाइनान्सका अध्यक्ष श्रीकुमार राई र गोर्खा स्टोरका सञ्चालक रामली थुलुङ राई विशेष अतिथिको रूपमा उपस्थित थिए।

त्यस्तै, किरात राई साम्पाङ जुम्लेखाका प्रतिनिधि केशव राई, बान्तवाखिमका प्रतिनिधि दुर्गाकान्त राई, पुमा तुप्खा बाङखालाका अध्यक्ष पेङ्गुन किरात, थुलुङ राई सामाका अध्यक्ष दिनेश थुलुङ राई, सोदेल कोयू/कोयीकिमका अध्यक्ष प्रकाश राई, बायुङ सुङ्नीखिमका अध्यक्ष लोकराज राई, दुमी फन्सिखिमका अध्यक्ष कमल दुमी राई, लोहोरुङ समाजका प्रतिनिधि अरुण राईलगायतका व्यक्तित्वहरू पनि अतिथिमा आमन्त्रित थिए।

आयोजक संस्थाका सचिव भूपाल राईको उद्‌घोषण र उपाध्यक्ष कृष्णकला राईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा राई दम्पतीलाई ताम्रापत्रसहित सम्मान गर्दै लाइसी (रातो खाम) प्रदान गरिएको थियो।

उक्त सम्मानप्रति आभार व्यक्त गर्दै प्रहरी उपरीक्षक राईले ‘भौगोलिक रूपमा संसारको जुनसुकै स्थानमा रहे पनि आफ्नो देश नबिर्सन र देशको राजनीतिक अवस्थाबारे सचेत रहन’ आग्रह गरे।

आफ्नो अवकाश प्राप्त जीवन पनि देशलाई समर्पण गर्ने बताउँदै राईले ‘सम्मानपत्रलाई देख्ने ठाउँमा राखी सदैव मर्यादित र ऊर्जाशील काम गर्ने’ प्रण गरे।

समारोहमा बोल्दै सुनसरीको धरानमा निर्माण हुने सुम्निमा-पारुहाङ सहयोग संकलन समिति हङकङका संयोजक शशीमदन राईले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ आगामी मे ३ तारिख हङकङ आउने र ९ तारिख फर्कने जानकारी गराएका थिए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .