हङकङमा तीन थुलुङ राई सम्मानित

हङकङमा तीन थुलुङ राई सम्मानित

नेपालखबर
बैशाख ७, २०८२ आइतबार १८:५, हङकङ

हङकङमा बसोबास गरिरहेका थुलुङ राईहरूको संस्था थुलुङ (राई) सामाले संस्थापक तथा निवर्तमान अध्यक्ष रामली थुलुङ राई, विशिष्ट सदस्यद्वय माया (चन्द्रका) थुलुङ राई र केशर कुमार थुलुङ राईलाई विशेष सम्मान गरेको छ।

जोर्डनस्थित हंग्री आई रेस्टुरेन्ट एन्ड बारको सभाकक्षमा सम्पन्न निवर्तमान कार्यसमिति भेटघाट तथा सम्मान कार्यक्रममा तीन जनालाई सम्मान  गरिएको हो।

कार्यक्रम उक्त संस्थाका अध्यक्ष दिनेश कुमार थुलुङ राईको अध्यक्षता र थुलुङ राईहरूको ज्येष्ठ अभिभावक अम्बर बहादुर राईको विशेष आतिथ्यमा भएको थियो। 

उक्त कार्यक्रममा सम्मानित व्यक्तित्वहरूलाई शिरमा फेटा र मजेत्रो गुथाएर ताम्रपत्र पनि गरिएको थियो। त्यसैगरी, संस्थाको स्थापनाकालदेखिका सम्पूर्ण पदाधिकारीहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो।

यहाँ रहेका थुलुङ राईहरूको समुन्नतिका निमित्त वैधानिक रूपमा संस्था स्थापना  भएको एकदशकपछि यस्तो सम्मान कार्यक्रम आयोजना गरिएको हो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .