हाल निष्क्रिय रहेको एक सौन्दर्य केन्द्रको नेतृत्व गरेकी हङकङकी अभिनेत्री रेन्की वाईलाई अदालतले ५८ लाख हङकङ डलर धरौटी तोकेको छ।
उनले व्यवसायका क्रममा सेयरधनीलाई ५८ लाख हङकङ डलर लगानी गर्न प्रोत्साहन गर्दै धोका दिएको र कम्पनीको कोषमा रहेको ३० लाख हङकङ डलर दुरुपयोग गरेको आरोपमा धरौटी तोकिएको हो।
३१ वर्षीया अभिनेत्री लाउ सिन जसलाई स्टेज नाम रेन्की वाईले चिनिन्छ, उनी सोमबार बिहान पूर्वी अदालतमा सुनुवाइका लागि उपस्थित भएकी थिइन्। उनमाथि चोरी, ठगी र धोकाधडीको आरोप लागेको छ।
उनको अर्को पेसी ३० जुनलाई तोकिएको छ। यतिबेला उनको मुद्दा पूर्वी अदालतबाट जिल्ला अदालतमा स्थानान्तरण गरिनेछ।
भ्रष्टाचार विरुद्धको स्वतन्त्र आयोगका अनुसार रेन्कीले अर्की कलाकार लिउ लोकलाई एसीआर डीआर प्रो होल्डिङ लिमिटेडमा ५० लाख हङकङ डलर लगानी गर्न राजी गराएकी थिइन्। जहाँ रेन्की निर्देशकको रूपमा काम गर्थिन्। यो कम्पनी अहिले निष्क्रिय छ।
रेन्कीले सौन्दर्य चिकित्सा उपकरण र नवीकरणको लागि झुटा बिल बनाएर उक्त लगानीबाट ३१ लाख हङकङ डलर चोरी गरेको आरोप पनि आयोगले लगाएको छ।
उनले नवीकरणका लागि थप १६ लाख ८० हजार हङकङ डलर लगानी गरेको दाबी गरेको र विज्ञपानका लागि लिउलाई ८ लाख हङकङ डलर थप भुक्तानी गर्न प्रेरित गर्ने प्रयासस्वरुप कम्पनीको कोषको प्रयोग गरेको दाबी आयोगको छ।
Shares

प्रतिक्रिया