हङकङमा किरात राईले मनाए साकेला उभौली

हङकङमा किरात राईले मनाए साकेला उभौली

बज्रकुमार थुलुङ राई
जेठ ६, २०८२ मंगलबार १६:०, हङकङ

किरात राई यायोक्खा, हङकङले यहाँ साकेला उभौली तथा किरात सम्वत् (येलेदोङ) ५०८५ मनाएको छ।

प्रकृतिपूजक किरात राईले वर्षमा दुई पटक प्रकृतिको पूजा/आराधना गरी साकेला सिली नाच्ने परम्परा रही आएको छ। जसअन्तर्गत वैशाखी पूर्णिमामा साकेला उभौली र धान्य पूर्णिमामा साकेला उधौली मनाउने गर्दछन्।

वैशाखी पूर्णिमा वैशाख महिनाको शुक्लपक्षमा र धान्य पूर्णिमा मंसिर महिनाको शुक्लपक्षमा पर्ने गर्दछ।

आइतबारको साकेला उभौलीमा किरात राईहरूको मौलिक भेषभूषामा सजिएर आएका सयौँ सहभागीको बीचमा कुविमी मैत्रकुमार राईले साकेला थानमा प्रकृतिको पूजा/आराधना गरेका थिए।

त्यस्तै, साकेला सिली नाचको सुरुआत सिलिमोपा बिकी राई र सिलिमोमा सरिता राईले गरेका थिए। यस अवसरमा संस्थापक कोषाध्यक्ष नरजित राईले नेपालबाट ल्याइएका ढोल उपहारस्वरूप प्रदान गरेका थिए।

कार्यक्रम यायोक्खाका अध्यक्ष गजेन्द्रबहादुर राईको सभापतित्व र आदिवासी जनजाति महासंघका अध्यक्ष एम.बी. थापा मगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

कार्यक्रममा नेपाली महावाणिज्यदूतावासका कार्यवाहक महावाणिज्यदूत सतिश गुरुङ, गैरआवासीय नेपाली संघका प्रतिनिधि अनु राई, नेपाली महासङ्घका अध्यक्ष रिता गुरुङ र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष शशीमदन राई विशिष्ट अतिथि रहेका थिए।

त्यसैगरी किरात राई यायोक्खा मकाउका अध्यक्ष केशव राई, किरात याक्थुम चुम्लुङका प्रतिनिधि लक्ष्मी पान्धक, किरात याक्खा छुम्माकी  प्रतिनिधि लीला देवान राई र किरात सुनुवार समाजका अध्यक्ष राम सुनुवार विशेष अतिथिको आशनमा थिए।

त्यस्तै, तमु ट्यो हुलका सदस्य (प्रतिनिधि) कन्या गुरुङ, मगर संघका अध्यक्ष नन्द राना, नेवार समाजका अध्यक्ष रचना प्रधान, दुरा समाजका अध्यक्ष कमल दुरा, थकाली समाजका अध्यक्ष हर्कनारायण तुलाचन, शेर्पा किदुकका अध्यक्ष पेम्बा शेर्पा, तामाङ घेदुङका अध्यक्ष अनिता पाख्रिन, भूतपूर्व ब्रिटिस गोर्खा सैनिक संघका अध्यक्ष खड्गप्रसाद राई, भारतीय भूतपूर्व सैनिक संघका अध्यक्ष दुर्योधन लिम्बू, नेप्लिज ब्याडमिन्टन एसोसिएसनका अध्यक्ष शुभराज राई, खोटाङ समाजका अध्यक्ष पेङ् किरात, भोजपुर समाजका अध्यक्ष विक्रम बान्तावा, धरान-१७ समाजका अध्यक्ष मधुकुमार राई, सुदूरपूर्वी प्रवासी संघ (फियानो) हङकङका अध्यक्ष कल्पना राई, तरहरा मञ्चका अध्यक्ष काल सिंह राई, इलाम समाजका अध्यक्ष बसन्त (विपिन) राई अतिथिमा आमन्त्रित थिए।

यस्तै, अतिथिकै रूपमा यायोक्खाका संरक्षक हेजन राई, सल्लाहकार वसन्तकुमारी राई, शशिमदन राई, रजिन राई, हरिचन्द्र राई, माया (चन्द्रका) राई, धिराजकुमार साम्पाङ, दिलीप राई, हितबहादुर राई, जजिन चाम्लिङ, सुवास पुमा, कालसिंह राई, रामली थुलुङ (संस्थापक सचिव) नरजित राई (संस्थापक कोषाध्यक्ष), किराया खेलकुद परिषद्का अध्यक्ष हेमराज राईका साथै किराया सम्बद्ध भाषिक संस्थाका अध्यक्षहरूको उपस्थिति थियो।

ताइतङ डाँडास्थित बार्बिक्यु स्पट नं. ७ को प्राङ्गणमा भएको कार्यक्रममा किरायाको मुखपत्र ‘यलम्बर’को २३औँ अंक पनि लोकार्पण गरिएको थियो।

‘यलम्बर’को यस अंक ‘किरात राईहरूको संस्कार-संस्कृतिमा कुविमी (धामी)को महत्त्व’ विषयमा केन्द्रित रहेको छ। यो मुखपत्र विगत तीन वर्षदेखि कुनै एक विषयमा केन्द्रित रही प्रकाशन हुँदै आएको छ।

किरात राई प्रज्ञा प्रतिष्ठान, हङकङले प्रकाशित गर्दै आएको यो मुखपत्र बर्सेनि साकेला उभौलीका अवसरमा निःशुल्क वितरण गरिँदै आएको छ। आइतबारको कार्यक्रममा ‘यलम्बर’का लेखकहरूलाई प्रधानसम्पादक शशीमदन राईले पारिश्रमिक पनि प्रदान गरेका थिए।

आइतबारको कार्यक्रममा विगत वर्षहरूमा भन्दा बाक्लो उपस्थिति रहेको थियो। साकेला उभौलीलाई सम्बोधन गर्दै प्रमुख अतिथि एम.बी. थापा मगरले हङकङवासी नेपाली संघसंस्थाले गर्ने यस किसिमका सांस्कृतिक कार्यक्रमका लागि निश्चित स्थान उपलब्ध गराउन हङकङ सरकारसँग माग गर्ने बताए।

त्यस्तै, कार्यवाहक महावाणिज्यदूत सतिश गुरुङले आफ्नो शुभकामना मन्तव्यमा नेपालका किरात राईहरूले हङकङ जस्तो अति व्यस्त र भौतिक सुख-सुविधायुक्त सहरमा पनि आफ्नो मौलिक संस्कार-संस्कृति जोगाएको देखेर अत्यन्त खुसी लागेको बताए।

यस कार्यक्रमका सहआयोजक किराया सम्बद्ध ८ वटा भाषिक संस्थाहरू किरात राई चाम्लिङ खाम्बातिम, साम्पाङ जुम्लेखा, पुमा तुम्खा बाङ्खाला, बान्तवाखिम, दुमी फन्सिखिम, थुलुङ राई (सामा), सोदेल कोयी/कोयू किम र बायुङ सुम्निखिम रहेका थिए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .