हङकङमा आन्दोलन पछि कोरोनाको कहरः हजारौंले रोजगारी गुमाउँदै, मानसिक समस्या बढ्दै

हङकङमा आन्दोलन पछि कोरोनाको कहरः हजारौंले रोजगारी गुमाउँदै, मानसिक समस्या बढ्दै

मगेन्द्र राई
चैत २५, २०७६ मंगलबार १२:४२,

हङकङमा कोरोनाभाइरस प्रकोपका कारण रोजगारी गुमाएकाहरुलाई अस्थायी रोजगारी उपलब्ध गराउन सरकारलाई आग्रह गरिएको छ।

गत सोमबार कन्फेडेरेसन अफ ट्रेड युनियन (सीटीयू) ले सरकारलाई ५० हजार अस्थायी रोजगारी सिर्जना गरी पीडितहरुलाई रोजगारीको प्रबन्ध गर्न सरकारलाई आग्रह गरेको हो।

युनियनका अनुसार सरकारी प्रशासनले सर सफाई, भवन मर्मत, सम्भार जस्ता परियोजनाहरू सञ्चालन गरी मानिसहरूलाई रोजगार उपलब्ध गराउनु पर्ने सुझाव दिएको छ। युनियनका अनुसार हङकङमा आगामी ६ महिनासम्म बेरोजगारी तीब्र रुपमा वृद्धि हुने बताइएको छ।

साथै सरकारले जनतालाई सिधै नगद दिने उपायको बारे समेत सोच्न अनुरोध गरिएको छ। जागिर गुमाएका वा बेतलवी बिदामा बसेकाहरुलाई खाई पाई आएको तलबको ८० प्रतिशत सोधभर्ना दिन आग्रह गर्दै २ हप्ताका लागि बन्द गरिएका बार, पब लगायतमा काम गर्नेहरुलाई समेत क्षतिपूर्ती दिन आग्रह गरिएको छ।

युनियनले ४ सय मानिसहरु बिच गरेको सर्वेक्षण अनुसार धेरैको आम्दानी गत महिना भन्दा आधा घटेको बताइएको छ। तिनीहरू मध्ये कतिपयको आम्दानी शून्यमा झरेको पनि पत्ता लागेको छ। सर्वेक्षणमा ३० प्रतिशत मानिसहरुमा उदासीनता देखा परी रातमा निद्रा नलाग्ने र खाना नरुच्ने जस्ता लक्षणहरु देखा परेको पत्ता लागेको छ।

बार, रेस्टुरेन्ट, होटल आदि जस्ता क्षेत्रमा काम गर्ने नेपालीहरु समेत ठूलो संख्यामा बेरोजगारी हुँदै आएका छन्। कतिको रोजगार गुमेको छ भने कती वेतलबी विदामा छन्। आन्दोलन र कोरोना भाइरसकै कारण चिम सा चुई स्थित प्रसिद्ध ईन्टरकन्टिनेन्टल होटल बन्द हुने भएको छ। कुनै समय ७०० कर्मचारी भएको उक्त होटलमा आगामी मे १ बाट ५०० कर्मचारीहरुले रोजगार गुमाउँदै छन्। सो होटलमा झन्डै सय नेपालीहरु कार्यरत छन्।

निर्माण क्षेत्रमा समेत कोरोनाको प्रभाव परेको छ। नेपालका भुपु सेलिब्रेटी पत्रकार तथा खेलाडी जेबि किराँतीले ६ वर्षबाट गर्दै आएको कन्स्ट्रक्सनको कामबाट हात धुनु परेको छ।

उनले नेपालखबरलाई भने ‘कामका लागि चाहिने सामग्रीहरु चीनबाट आउन छाडेपछी कम्पनी कामदारहरु धमाधम निकाल्न थाल्यो। हुन पनि कामै नभए पछि फोकटमा तलब खुवाउँदै कम्पनीले के राख्थ्यो र? यो सबै कोरोनाको कमाल हो। म जस्तो ६ वर्ष लामो नोकरी गर्नेलाई त निकाल्यो, त्यो २÷३ वर्ष मात्र काम गर्नेहरु त सिधै स्याक हुने नै भो।’ किराँतीका अनुसार अहिले झन्डै ४० प्रतिशत नेपालीहरुले काम गुमाउन परेको बताए।

अर्का कन्स्ट्रक्सन क्षेत्रका ज्ञाता शेर बहादुर लक्सम्बा बिगत २ हप्ता भन्दा बढी बेरोजगारी भएका छन्। २१ वर्षको हङकङ बसाईमा यो नै सबैभन्दा लामो बेरोजगार बस्नु परेको उनको अनुभव छ। अझै कति बेरोजगार बस्नु पर्ने हो, त्यो ठेगान नभएको उनी बताउँछन्।

कोरोना भाइरसका कारण हङकङको आर्थिक संरचना बिस्तारै ध्वस्त हुँदै गइरहेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .