समुद्री सुरक्षामा खटिने मरिन डिपार्टमेन्टका अधिकारीले अबदेखि हङकङमा बडी क्यामेरा राख्ने

समुद्री सुरक्षामा खटिने मरिन डिपार्टमेन्टका अधिकारीले अबदेखि हङकङमा बडी क्यामेरा राख्ने

नेपालखबर
असार १६, २०८२ सोमबार १८:४४, काठमाडौँ

आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न मद्दतका लागि हङकङको मरिन डिपार्टमेन्टका अधिकारीहरुले बडी क्यामेरा (शरीरमा राखिने क्यामेरा) प्रयोग गर्ने भएका छन्।

योसँगै समुद्री क्षेत्रमा अग्रपंक्तिमा खटिने सबै जिल्लाहरुका हार्बर पेट्रोल सेक्सनका प्रहरी अधिकारीहरु पूर्णतया साधनसम्पन्न हुने भएका हुन्।

यसले अनुसन्धानमा सघाउने र प्रमाण संकलनमा ठूलो मद्दत मिल्ने अपेक्षा गरिएको छ। 

डिपार्टमेन्टका प्रवक्ताले सोमबार बताएअनुसार यो पूर्णतः सुरक्षालाई मजबुत बनाउने उद्देश्यले लिइएको निर्णय हो। 

अन्य सरकारी विभागहरुले अग्रपंक्तिमा खटिने अधिकारीहरुलाई यसअघि नै बडी क्यामेरा प्रयोग गर्न दिइसकेका छन्। जनवरीदेखि जुनसम्मको बीचमा मरिन डिपार्टमेन्टले यस्ता क्यामेराको प्रभावकारिताका लागि परीक्षण गरिसकेको छ। 

त्यसको मूल्यांकनका क्रममा प्रमाण संकलनलाई महत्त्वपूर्ण सहयोग मिलेको बताइएको छ। यसो गर्दा भविष्यमा हुने अनुसन्धानमा ठूलो सहयोग पुग्ने अपेक्षा छ। 

विभागका अनुसार क्यामेरा प्रयोग गर्नुअघि सर्वसाधारणलाई भने पहिले नै जानकारी उपलब्ध  गराउनुपर्नेछ। यसका लागि केही डिभाइसहरु खरिद समेत गरिसकेको विभागले उल्लेख गरेको छ। तर तिनको लागत भने खुलाइएको छैन। 

हार्बर पेट्रोल सेक्सनले सुरक्षित बन्दरगाह सञ्चालनलाई सुनिश्चित गर्ने जिम्मा पाएको छ। यसका लागि सेक्सनले समुद्री नियमनदेखि आकस्मिक सेवा दिनेसम्मका कर्तव्य निर्वाह गर्नुपर्नेछ। जस्तो कि हङकङको जल क्षेत्रमा हुने दुर्घटनाहरुमा तत्काल खटिनुपर्नेछ। 

अधिकारीहरुले जलसाधनहरुको निरीक्षण, परीक्षणलगायतका कामहरु समेत गर्नुपर्नेछ। 

यो कर्तव्य निर्वाहको क्रममा वैयक्तिक गोपनीयता कायम राख्न विभागले आवश्यक कदमहरु चाल्ने बताएको छ। त्यसरी रेकर्ड गरेका फुटेजहरु यदि अनुसन्धान वा प्रमाणको रुपमा नदेखिए ३१ दिनभित्र डिलिट गरिने पनि उल्लेख छ। साउथ चाइना मर्निङ पोस्टबाट 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .