हङकङमा पेट्रोल बमसहित प्रहरी चौकी अगाडि समातिए एक विद्यार्थी

हङकङमा पेट्रोल बमसहित प्रहरी चौकी अगाडि समातिए एक विद्यार्थी

नेपालखबर
बैशाख २, २०७७ मंगलबार १२:४२,

प्रहरी चौकी अगाडि नै ती २१ वर्षका विद्यार्थी पक्राउ परेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

हङकङ इन्स्टिच्युट अफ भोकेस्नल एजुकेसनका ती विद्यार्थी मंगलबार प्रहरी चौकी अगाडि शंकास्पद गतिविधि गरिरहेका थिए।

प्रहरीले सीसीटीभी फुटेजमा शंकास्पद गतिविधि नियालेपछि उनलाई पक्राउ गरेको जनाइएको छ।

Petrol bombs were thrown at Kwai Chung Police Station on January 29. Photo: Handout

ती युवा प्रहरी चौकी वरीपरी र क्वाई फङ स्टेट रोडको छेउछाउ बारम्बार हिँडिरहेका थिए। त्यसपछि उनले एउटा झोला नजिकैको टेबलमा राखेर भाग्न खोजेका थिए।

प्रहरीले तत्काल उनलाई नियन्त्रणमा लिएको थियो। मंगलबार उनलाई जुन कारले उक्त क्षेत्रमा छाडेको थियो प्रहरीले त्यस कार चालकलाई पनि नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।

हाल यस घटनामा अनुसन्धान जारी छ। 

कोरोना भाइरसको त्रासबीच हङकङमा पेट्रोल बमसहित २१ वर्षका युवा पक्राउ परेका हुन्।

हङकङमा हालसम्म एक हजार १३ कोरोना संक्रमित छन्। यहाँ ४ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .