फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डो बिहीबार हङकङमा अवतरण गरेका छन्।
अर्को हप्ता सहरमा आयोजना हुने साउदी सुपर कपअघि रोनाल्डो हङकङ आएका हुन्। उनी आउने हल्ला फैलिएपछि बिहानै यहाँस्थित चिमसा चोईमा रहेको रिजेन्ट हङकङ होटलमा प्रशंसक भिड जम्मा भएको थियो।
हङकङमा संग्रहालय पनि खोलेका पोर्चुगिज सुपरस्टारले बुधबार राति साउदी क्लब, अल-नासरको टोलीका साथ रियादबाट उडान भरेका थिए।

स्रोतलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार मौसमका कारण उडानमा केही ढिलाइ भएको थियो। हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि अल-नासरका खेलाडीहरू होटलतर्फ प्रस्थान गरिसकेका छन्।
हङकङमा अर्को हप्ता हुने साउदी सुपर कपमा खेल्ने चार साउदी प्रो लिग क्लबहरूमध्ये अल-नासर पनि समावेश छ।
111
Shares

प्रतिक्रिया