शनिबार दिउँसो हङकङको काउलुन ब्रोडकास्ट ड्राइभमा रहेको निर्माणस्थलमा लिफ्ट दुर्घटना हुँदा २ कामदार घाइते भएका छन्।
सामान सार्न प्रयोग गरिएको अस्थायी लिफ्टमा काम गर्दागर्दै १० मिटर तल खसेर निर्माण क्षेत्रका २ कामदार घाइते भएको प्रहरीले जनाएको हो। घाइतेहरू लिफ्टसहित खसे वा उनीहरू मात्र खसे भन्ने खुलाइएको छैन।
घाइतेमध्ये एक जनाको खुट्टा भाँचिएको छ भने अर्कोलाई टाउको र हातमा चोट लागेको थियो।
घाइतेहरूलाई क्विन एलिजाबेथ अस्पताल पठाइएको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धान रिपोर्टअनुसार पीडितहरू अस्थायी लिफ्टमा सामान सार्दै गर्दा खसेका हुन्।
123
Shares

प्रतिक्रिया