हङकङ हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार झन्डै ३.८ किलोग्राम हेरोइनसहित मलेसियाबाट आएका यात्रु पक्राउ परेका छन्।
हङकङ भन्सारले नियमित निरीक्षणको क्रममा ठूलो परिमाणको लागु औषध भेटिएपछि पेनाङबाट आइपुगेका ४० वर्षीय पुरुषलाई पक्राउ गरेको हो।
हङकङ डलर १९ लाख मूल्य बराबरको उक्त लागुऔषधमा डबल यूओग्लोब ब्रान्डको चिन्ह लगाइएको भन्सार कार्यालयलाई उद्धृत गर्दै द स्ट्यान्डर्डमा उल्लेख छ।
पक्राउ परेका व्यक्तिलाई हिरासतमा राखेर अनुसन्धान अगाडि बढाइएको छ। जसको मुद्दा भोलि (८ अक्टोबर) मा वेस्ट काउलुन मजिस्ट्रेटको अदालतमा सुनुवाइ हुनेछ।
54
Shares

प्रतिक्रिया