हङकङमा १९ जना गैरकानुनी कामदार पक्राउ, ५ जना बंगलादेशी र भारतीय

हङकङमा १९ जना गैरकानुनी कामदार पक्राउ, ५ जना बंगलादेशी र भारतीय

नेपालखबर
असोज २४, २०८२ शुक्रबार १४:५६, हङकङ

हङकङ अध्यागमन अधिकारीले १९ जना गैरकानुनी कामदारलाई पक्राउ गरेका छन्।

अध्यागमन विभागका उपकमाण्डर ली क्विङका अनुसार गत बिहीबार सुरु भएको आठ दिने अभियानमा रेस्टुरेन्ट र रसद गोदामसहित १३३ स्थानमा छापा मार्ने मार्दा १९ जना पक्राउ परेका हुन्।

१३ जना कामदारसँगै उनीहरूलाई गैरकानुनी रूपमा काममा राख्ने तीन रोजगारदाता र उनीहरूलाई कामदार उपलब्ध गर्न सहयोग पुर्‍याउने अन्य तीन जना पनि पक्राउ परेका छन्।

पक्राउ परेकामध्ये पाँच जना भारत र बंगलादेशका रहेको विभागले जनाएको छ। उनीहरू खाना डेलिभरी गर्ने साइकल चालकको रूपमा काम गरिरहेका थिए।

बाँकी आठ जना सरसफाइ, भाँडा माझ्ने, भान्साको काम र रसदको काममा संलग्न थिए। विभागका अनुसार यी आठ जनामध्ये दुई जना विदेशी घरेलु कामदार हुन् भने ६ जना हङकङ र मकाउ यात्रा अनुमतिपत्र भएका पर्यटक हुन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .