हङकङको ताईपोमा भीषण आगलागी, १३ जनाको मृत्यु, कम्तीमा १५ गम्भीर (भिडिओ)

हङकङको ताईपोमा भीषण आगलागी, १३ जनाको मृत्यु, कम्तीमा १५ गम्भीर (भिडिओ)

ताईपोको वाङ फुक कोर्टमा जलिरहेको भवन (एससीएमपी)


नेपालखबर
मंसिर १०, २०८२ बुधबार १९:३, हङकङ

बुधबार हङकङको ताईपो नजिकै रहेको एक आवासीय भवनमा आगो लाग्दा एक अग्नि नियन्त्रकसहित १३ जनाको मृत्यु भएको छ भने कम्तीमा १५ जना गम्भीर घाइते भएका छन्।

वाङ फुक कोर्टको सात वटा ब्लकमा आगो सल्किँदा धेरै मानिस भित्रै फसेको आशंका गरिएको छ। उद्धार कार्यमा कठिनाइ हुँदा मानवीय हताहती बढेको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

स्टेटको आठ ब्लकमध्ये सात वटा ब्लकको स्काफोल्डिङमा आगो द्रुत गतिमा फैलिएको प्रहरीले जनाएको छ।

सुरुमा नम्बर १ अलार्म फायरको रूपमा वर्गीकृत गरिएको आगलागी तुरुन्तै दिउँसो ३:३४ बजे नम्बर ४ र त्यसपछि साँझ ६:२२ बजे शीर्ष तह ५ मा वर्गीकरण गरिएको थियो। हङकङमा आगलागीलाई एकदेखि पाँचसम्मको स्केलमा वर्गीकरण गरिन्छ। उच्च संख्याले बढी गम्भीरतालाई जनाउँछ।

भिडिओ-

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .