हङकङले किन बन्द गर्‍यो चिङयी हाइकिङ ट्रेल? यस्तो छ कारण

हङकङले किन बन्द गर्‍यो चिङयी हाइकिङ ट्रेल? यस्तो छ कारण

चिङयी नेचर ट्रेल अस्थायी रूपमा बन्द गरिएको छ (एससीएमपी)


नेपालखबर
मंसिर २४, २०८२ बुधबार १३:५०, हङकङ

हङकङ सरकारले चिङयी नेचर ट्रेल बन्द गर्ने निर्णय गरेको छ। सहरमा चिकनगुनिया ज्वरोका पाँच केस भेटिएपछि अधिकारीहरू उक्त ट्रेललाई अस्थायी रूपमा बन्द गर्ने निष्कर्षमा पुगेका हुन्।

स्वास्थ्य संरक्षण केन्द्रले मंगलबार जानकारी गराएअनुसार ट्रेलको स्थलगत भ्रमणपछि अधिकारीहरू उक्त निर्णयमा पुगेका हुन्। किनभने ट्रेलको दुवै छेउमा लामखुट्टेका लागि प्रशस्त प्राकृतिक प्रजनन स्थल हुँदा चिकनगुनिया संक्रमणको जोखिम रहेको उनीहरूको निष्कर्ष छ।

‘त्यहाँ सघन रूपले लामखुट्टेविरोधी अभियान सञ्चालन गर्नुपर्ने देखियो। त्यसैले, अर्को सूचना नआएसम्मका लागि चिङयी पदमार्ग अस्थायी रूपमा बन्द रहनेछ,’ केन्द्रको भनाइ उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्ट लेख्छ।

जनतालाई चिकनगुनिया ज्वरोको जोखिम कम गर्न उक्त कदम चालिएकोले अर्को सूचना नआएसम्म मंगलबार रातिदेखि उक्त पदमार्गको भ्रमण नगर्न केन्द्रले आह्वान गरेको छ।

खाद्य तथा वातावरणीय स्वच्छता विभाग र जल निकासी सेवा विभागका साथै अन्य सरोकारवाला निकायसँगको अन्तरविभागीय समन्वयपश्चात् उक्त निर्णय लिइएको समेत केन्द्रले स्पष्ट पारेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .