हङकङको विद्यालयमा बमजस्तै शंकास्पद वस्तु भेटिएपछि त्रास फैलियो

हङकङको विद्यालयमा बमजस्तै शंकास्पद वस्तु भेटिएपछि त्रास फैलियो

नेपालखबर
बैशाख २०, २०७७ शनिबार १२:४१,

शनिबार स्थानीय समयअनुसार दिउँसो २ बजेर १५ मिनेटमा नाउ ताउ ककस्थित विद्यालयमा तीनवटा शंकास्पद लगेज भेटिएपछि एक व्यक्तिले प्रहरीलाई खबर गरेको एससीएमपीले जनाएको छ।

चोइसेक रोडस्थित उक्त सेन्ट जोसेफ एंग्लो–चाइनिज स्कुल हाल संचालनमा छैन। प्रहरीले हाल उक्त क्षेत्रलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

हालैका दिनमा हङकङमा शंकास्पद बस्तुहरु फेला पर्न थालेका छन्। बम, पेट्रोल बमहरु प्रहरीले गत मार्च महिनामा मात्र २ टन बरामद गरिसकेका छन्।

प्रहरीमाथि आक्रमणको योजना बनाएको हुनसक्ने आशंका गरिएको छ। प्रहरीले हालसम्म १७ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

गतवर्ष हङकङका प्रहरीले अज्ञात समूहले पड्काउन राखेको १ सय ९० वटा बम निस्क्रिय बनाएको थियो। एससीएमपी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .