हङकङको ताइपोमा घातक आगलागी भएको घाउ सुक्न नपाउँदै सहरको एक फ्ल्याटमा बुधबार फेरि आगलागी भएको छ। आगलागीबाट ३ जना घाइते भएका छन्। यस्तै १०० जना भन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
चुनमुनको किङफङ पाथस्थित प्राइम भ्यु गार्डेनको एक फ्ल्याटमा आगलागी भएको हो। आगलागीको रिपोर्ट प्रहरीले बिहान करिब साढे दुई बजे पाएको थियो। जसलाई तुरुन्तै निभाइयो।
प्रहरीलाई उद्धृत गर्दै समाचारमा जनाइएअनुसार, ४० वर्षीया महिलाले घरमा धुप बाल्ने क्रममा आगो सल्किएको थियो।
आगलागीबाट कङ थरकी ती महिलाको हात र खुट्टामा चोट लागेको थियो भने सोही आवासीय परिसरमा बस्ने ७० र ७१ वर्षका अन्य दुई पुरुष पनि घाइते भए। तिनै जनालाई अस्पताल पठाइएको थियो।
हङकङको ताइपो जिल्लामा रहेको वाङफुक कोर्टका आठ भवनमध्ये सात वटामा २६ नोभेम्बर (१० मंसिर) दिउँसो भीषण आगलागी भएको थियो। उक्त आगलागीमा एक अग्निनियन्त्रकसहित १६० जनाको ज्यान गएको थियो भने धेरै जना घाइते भएका थिए।
Shares

प्रतिक्रिया