हङकङ आगलागीसँग सम्बन्धित थप १ जना पक्राउ

हङकङ आगलागीसँग सम्बन्धित थप १ जना पक्राउ

आगलागी हुँदा वाङफुक कोर्टमा मर्मतसम्भार चलिरहेको थियो (एससीएपी)


नेपालखबर
पुस १०, २०८२ बिहिबार १६:३१, हङकङ

गएको महिना हङकङ ताइपोस्थित वाङफुक कोर्टमा भएको भीषण आगलागीसँग सम्बन्धित थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ। हत्या आरोपमा पक्राउ परेका उनीसँगै यो घटनामा प्रकाउ पर्नेको संख्या १६ पुगेको छ।

नोभेम्बर २६ मा वाङफुक कोर्टका आठ ब्लकमध्ये सात वटामा लागेको घातक आगलागीमा परी १६१ जनाको मृत्यु भएको थियो। मर्मत सम्भार चलिरहेको हाउजिङमा दशकौँपछिको भयानक आगलागीपछि झन्डै पाँच हजार बासिन्दा विस्थापित भए।

प्रहरीले बुधबार तिनसुइ वाइबाट ४८ वर्षीय पुरुषलाई पक्राउ गरेको हो। उनी आगलागीका बखत मर्मतसम्भार भइरहेको उक्त इस्टेटको बाह्य पर्खाल मर्मत उपठेकेदारको जिम्मेवारीमा थिए।

मर्मत सम्भार चलिरहेको वाङफुक कोर्टको निर्माण कार्यमा स्काफोल्डिङ छोप्नका लागि प्रयोग गरिएका जालि अति प्रज्वलनशील हुँदा आगो द्रुत गतिमा फैलिएको थियो।

यहाँ ‘धुर्त विधिहरू’ प्रयोग गरिँदा ठूलो विनाश निम्तिएको अधिकारीहरू नै बताउँछन्। आगलागीपछि तत्कालीन विवरण सार्वजनिक गर्ने क्रममा मुख्य सचिव एरिक चानले  वाङफुक कोर्टबाट लिइएका २० सुरक्षात्मक जाली नमुनामध्ये सात आगो निरोधक मापदण्डमा असफल भएको बताएका थिए।

गतवर्षको जुलाईदेखि मर्मतसम्भार भइरहेको यहाँ बाँसको स्काफोल्डिङलाई हरियो जालीले ढाकिएको थियो। यिनै जालीमध्ये २० वटाको परीक्षणमा सात वटा मापदण्ड विपरीत देखिएका हुन्।

चानको विवरणअनुसार, जुलाईमा आँधीबेहरीले क्षति पुर्‍याएपछि स्काफोल्डिङ बाहिरका केही जाली सस्तो, गैर-आगो प्रतिरोधी सामग्रीले प्रतिस्थापन गरिएको भेटिएको छ। मुख्य सचिव एरिक चान यही कार्यलाई ‘धुर्त विधि’को संज्ञा दिएका थिए। उनका अनुसार यस्ता मापदण्ड विपरीतका जाली प्राय: अप्ठ्यारा ठाउँमा प्रयोग गरिएका थिए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .